साँढे १३ केजि गाँजा सहित एक जना पक्राउ

साँढे १३ केजि गाँजा सहित एक जना पक्राउ

  • Kandara Samachar

  • आइतवार, भदौ ३१, २०८०

  • 76
    SHARES
साँढे १३ केजि गाँजा सहित एक जना पक्राउ

सुदिप अधिकारी/धादिङ,

सवारी साधन चेकजाँच गर्ने क्रममा धुनिबेशी नगरपालिका वडा नम्बर ६ स्थित आकाश भैरब पट्रोल पम्प अगाडी प्रहरीले एउटा मोटरसाइकलबाट १३ किलोग्राम ६ सय ग्राम प्रतिबन्धित गाँजाको धुलो सहित एक जना शनिबारपक्राउ गरेको छ ।

प्रहरी पृथ्वीलोकमार्ग स्थित धुनिबेशी नगरपालिका वडा नम्बर ६ आकाश भैरब पट्रोल पम्प अगाडी चेकजाँच गर्दा महादेवबेशीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–९०३३ प ७२७१ नंम्वरको पल्सर मोटरसाइकलमा प्रतिबन्धित लागुऔषध गाँजा धुलो १३ किलोग्राम ६ सय ग्राम सहित एक जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा थाक्रे गाउँपालिका–३,मसिनो डाँडाका २४ बर्षिय गणेश तामाङ रहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar