उपचारकाे पर्खाईमा ३५ वर्ष, विवाह समेत भएन काेपिलबहादुरकाे

उपचारकाे पर्खाईमा ३५ वर्ष, विवाह समेत भएन काेपिलबहादुरकाे

  • Kandara Samachar

  • आइतवार, भदौ २४, २०८०

  • 148
    SHARES
उपचारकाे पर्खाईमा ३५ वर्ष, विवाह समेत भएन काेपिलबहादुरकाे

रामहरी थापा/धादिङ,

अनुहार देख्दा नै आमान्य र डरलाग्दो लाग्ने अवस्थामा धादिङबेसी जिल्ला मालपोत कार्यालयमा सेवा लिन आउनुभएका ५७ वर्षीय कोपिल बहादुर पराजुली देख्ने बित्तिकै सबैले ओहो कति नरराम्रो भनेर प्रतिक्रिया दिए ।
कुनै चलचित्रमा देखिने जस्तो अनुहारमा ठूला ठूला फोका भएको, एक दुइ ओटा घाउ समेत भएका र सामान्य अवस्थामा कुनै भाग नभएका पराजुली गजुरी गाउँपालिका वडा नम्बर ८ निवासी हुन् ।
करिब ३५ वर्ष अघि शरिरमा चिलाउने र फोका उठ्ने भएपछि गाउँमै धामी झाँक्री लगाएर उपचार गर्ने प्रयास गरिएपनि उपचार नभएकोले यसरी शरिर भरी घाउ जस्तो भएको र अहिलेपनि शरिरमा समेत यस किसिमको घाउहरु रहेको बताउनुहुन्छ ।
आफ्नो शरिरमा यस्तो भएपछि विवाह समेत नभएको र एक्लै जिवन गुजारा गरिरहेको बताउने पराजुली दाजुका छोराहरुले आश्रय दिएको बताउनुहुन्छ ।
नेपालका ठूला नेता र कर्मचारीलाई सामान्य पेट दुखेमा विदेशको महंगो अस्पतालमा सरकारी खर्चमाउपचार गराउन जानेहरुले पराजुलीको उपचारपनि गर्नुपर्छ भन्ने सोचे भने उपचार सम्भव भएको मालपोत कार्यालयमा भेटिनुभएका सामाजिक कार्यकर्ता भोजबहादुर परियारको भनाइ छ।
सामान्य किसान परिवारका पराजुलीले उपचार गराउने कोसिस गरेको भएपनि घरबारी बेचेरपनि पैसा नपुग्ने बतायएपछि उपचारनगरेको बताउँदै पराजुली अहिले बेला बेला शरिर चिलाउने गरेको बताउनुहुन्छ।
उपचार अभावमा आफूलाई एक्लो बनाउनु भएका पराजुलीको उपचारको कुनै उपाय भए सहयोग गर्न आग्रह गर्नुभएको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar