मजदुरका लागि खाेलिएकाे विद्यालयले सीप र राेजगारीमा काम गर्दै

मजदुरका लागि खाेलिएकाे विद्यालयले सीप र राेजगारीमा काम गर्दै

  • Kandara Samachar

  • आइतवार, भदौ १७, २०८०

  • 365
    SHARES
मजदुरका लागि खाेलिएकाे विद्यालयले सीप र राेजगारीमा काम गर्दै

– नानू कार्की/ महादेबबेसी

२०५७ सालमा मजदुर बालबालिका अध्यायन गर्ने विद्यालयकाे रुपमा ३ कक्षाबाट सुरु गरिएकाे थाक्रे गाउपालिका वडा नम्बर ६ महादेवबेशीकाे जनजागृति माध्यमिक विद्यालयलेले सर्टिफिेटसंग सीप र राेजगारीका लागि कार्यक्रम संचालन गरिरहेकाे छ ।

विद्यालयमा शुक्रबार आयाेजित २३ औं बार्षिक उत्सव तथा २४ औँ स्थापना दिवसकाे अबसरमा यस किसिमकाे जानकारी दिईएकाे हाे ।
जनजागृति माविले कक्षा ९ देखि सिभिल ईन्जिनियरिङ पढाइ संचालन गरि ३० जना १२ कक्षा उतिर्ण गरि काम पनि सुरु गरेका छन् ।
बिउटीसियन सिकेर ७ जनाले काम थालेका छन् । २५ जना महिला युवाले ३ महिने व्यवसायिक दक्षता सम्बन्धि तालिम लियर व्यवसायीक रुपमा दक्ष भएर व्यवसायमा सुरु गर्न थालेकाे विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाेकर्ण रुपाखेतीले बताउनुभयाे ।
कम्प्युटर, विद्युत जडान, प्लम्विङ, लगायतका सीप र व्यवसायसंग विद्यार्थीहरुलाई जाेडेर “सीप, सर्टिफिकेट र रोजगारीतर्फ हाम्रो ध्यान दक्ष जनशक्ति उत्पादन, सम्बृद्धिको अभियान, जनजग्रितिको मुल पहिचान” भन्ने नाराका साथ विद्यालय अघि बढेकाे प्रधानाध्यापक लावण फुयालले बताउनुभयाे ।
महादेववेशी बजार क्षेत्रमा करिव २७ जिल्ला भन्दा बढि ठाउँका मजदुरहरु आगराखाेला क्षेत्रमा मजदुरी गर्दै आएका छन् । यहाँ गरिवी द्धन्द पिडित तथा सामाजिक बिभेद लगायतका समस्याका कारण पछि परेका बालबालिकालाई लक्षित गरी विद्यालय स्थापना गरिएकोमा अब सीप र राेजगारीमा जाेड्दै लगिएकाे अध्यक्ष रुपाखेतीको भनाई छ ।
१ हजार २ सय विद्यार्थी अध्यायन गर्ने विद्यालयको २३ औं बार्षिक उत्सव तथा २४ औँ स्थापना दिवसको अवसरमा आयाेजना गरिएकाे कार्यक्रमका अबसरमा विद्यार्थीले पढाइ र सीप अनि राेजगारीका जाेडिने कार्यक्रमहरु निरन्तर संचालन गर्ने जनाएकाे छ । प्राविधिकतर्फ सिभिल ईन्जिनियरिङमा समेत कक्षा ९-१२ मा पढाईभईरहेकाेछ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar