ठाउँठाउँमा पहिरो लडेपछि रुबीभ्यालीबासी हिडेर सदरमुकाम जान समेत नसक्ने

ठाउँठाउँमा पहिरो लडेपछि रुबीभ्यालीबासी हिडेर सदरमुकाम जान समेत नसक्ने

  • Kandara Samachar

  • बिहिबार, भदौ १४, २०८०

  • 249
    SHARES
ठाउँठाउँमा पहिरो लडेपछि रुबीभ्यालीबासी हिडेर सदरमुकाम जान समेत नसक्ने

-प्रविन रिजाल/धादिङ ।
उत्तरी धादिङको तिप्लिङसम्म सदरमुकाम धादिङबेसीले जोड्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा मानिस डिड्ने बाटो समेत बन्द भएको छ।
पहिराेले बाटाे बन्दभएका कारण रुबिभ्याली गाउँ पालिका र झार्लाङ संग यातायात सम्पर्क विच्छेद भएकाे छ ।
खनियाबास गाउँपालिका- १ को पेर्चो र लिस्ने खोलाको बीचमा पर्ने जुगाडाँडा, पेर्चोमा पहिरोगएपछि यातायातमात्र होइन मानिससमेत हिड्न नसकिनेगरि आवतजावत बन्द भएको रुबीभ्यालीका समिर गुरुङले बताउनुभएको छ ।
अहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो । फेरि उही स्थानमा खसेको पहिरोले स्थानीयवासीको खेतसमेत पुरेको छ ।
आवतजावत बन्द हुँदा लापा, सेर्तुङ, तिप्लिङ लगायतका स्थानका मानिससदरमुकाम आउन नसक्ने अवस्थामा पुगेका छन् ।
पहिलो पटकको पहिराले भासिएको जमिन पुनः पहिरा जाँदा बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले बिजुलीको पोलहरु लडेका छन् । आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथि पुगेको छ । त्यसभन्दा केही माथी रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताउनुभयो ।
२ सातादेखि पानी परिरहेकाे र पहिराे लडेकाे स्थानियबासिले बताएका छन् ।
पानी नपरेको बेला रुवीभ्यालीतर्फ आउजाउ गर्नेहरु जोखिममा परेका छन् । भारी बोकेर हिँड्नेहरुले भने प्लेङयर्तोङ को बाटो हुँदै हिँड्नु पर्ने बाध्यता छ । खनियाबास गाउँपालिकाको धार्नामा पहिरो गएपछि मानिसको आवतजावत समेत बन्द भएको छ ।
नदी किनरबाट माथी गाउँसम्म पहिरो गएपछि कच्ची सडक बगेको छ । मानिस हिड्ने एकमात्र बाटो समेत बन्द भएको रुबीभ्यालीका स्वास्थ्य शाखा प्रमुख राज तामाङले बताउनुभयो ।
वर्षा लागेपछि पहिरो जानेर सडक बन्दह हुने हुँदा उत्तरका बासिन्दालाई स्वास्थ्यसेवा लिन समेत कठिन भएको छ । मानिससमेत हिड्न नसकिने ठाउँ भएकोले विरामी बोकेर लान नसकिनेअवस्था रहेको छ । साहुहरुले हेलिकप्टर चार्टर गरेर लान्छन् तर गरिबहरु घरमै बसेर मर्ने अवस्था आएपनि संघीय र प्रदेश र स्थानीय सरकारहरुले सडकको भरपर्दो काम बर्षौदेखि नगर्दा जनताले दुख पाएका हुन् ।
धादिङबेसी तिप्लिङ सडक २०४३ देखि बनाउन थालिएपनि हालसम्म पिच भएको छैन । अरबौ रुपैयाँ खर्च गरिएपनि हरेक वर्ष ठेकेदार कम्पनीले काम नसकेर म्याद थप्ने र काम अपुरोहुँदै वर्षले बगाउने गरेपछि सडक पुरा नभएको हो ।
पुल हाल्नै पर्ने आँखु, दार्खाफेदी, लिस्ने लगायतका खोलामा पुल हाल्ने पहल भएको छैन । सडकमा राजनितिक भाषण मात्र भएको र सडक कहिल्यै नबनाइएको प्रति यस क्षेत्रका जनताको गुनासो पहि यस अघिको सरकारले गरेको पिचको ठेक्काको काम भइरहेको स्थानीयबासीले बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar