५ वर्ष सम्सद चल्नु नै राजनीतिक स्थिरता ः बिमलेन्द्र निधि

५ वर्ष सम्सद चल्नु नै राजनीतिक स्थिरता ः बिमलेन्द्र निधि

  • Kandara Samachar

  • बिहिबार, साउन ३२, २०८०

  • 88
    SHARES
५ वर्ष सम्सद चल्नु नै राजनीतिक स्थिरता ः बिमलेन्द्र निधि

रामहरि थापा/धादिङ

नेपाली काँग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री जति परिवर्तन भएपनि ५ वर्ष संस्सद चल्नु नै राजनितिक स्थिरता भएको नयाँ परिभाषा गर्नुभएको छ।
धादिङका नेपाली काँग्रेसका नेता भिम ढुंगानाको बुबाको १३ औँ दिनको पुण्य तिथिको अबसरमा आयोजित श्रद्धाञ्जली सभालाई बुधबार सम्बोधन गर्दै पहिलाको जस्तो एउटै सरकारलेपाँच वर्षचलाउनेमात्र राजनितिक स्थिरताको परिभाष नभएकोले अहिले परिवर्तन भएको जिकिर गर्नुभयो ।
नेपाली काँग्रेसमा विवाद र गुटबन्दी भइरहेको स्वीकार गर्दै निधिले यो विवाद भइरहनु पर्ने बताउनुभयो। “काँग्रेसका गुटबन्दी पहिले थियो, अहिले छ र गुटबन्दी जरुरत छ ।” निधिले सभालाई सम्बोधन गर्दै बताउनुभयो।
पार्टी सभापति देउवाका निकट मानिनुहुने निधिले सरकार परिवर्तनबारे प्रचण्ड पछि माधव नेपाल प्रधानमन्त्री हुनेर अन्तिम वर्षमा काँग्रेसले प्रधानमन्त्री बनेरचुनाव गराउने बताउँदै काँग्रेसले गरएको २०८४ सालकोचुनावमा अत्याधिक जित निकाल्ने उहाँको दावी थियो ।
तत्कालिन मुरलीभञ्ज्याङ गाविसका ५ पटक प्रधानम पंच हुनुभएका सोमनाथ ढुंगाना शिक्षा तथा सहकारी विकासमा योगदान दिएको जानकारी गराइएको थियो ।
श्रदाञ्जली सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको लागि काम गर्ने प्रेरणा लिएर जनताको लागि काम गर्न नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुंगानालाई आग्रह गर्दै सोमनाथ ढुंगानाप्रति श्रदाञ्जली हुने बताउनुभयो ।
साेमनाथ ढुंगाना पंचायत कालका ५ पटक प्रधानपंच हुन, विद्यालय स्थापना गरेका, सदरमुकाम धादिङबेसि सार्न अगुवाइ गरेका, विकासका लागि काम गरेका तत्कालीन नेता हुन् । उहाँका छाेरा भिम ढुंगाना निलकण्ठ नगरपालिकाकका प्रमुख हुनुहुन्छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar