ठाउँठाउँमा पहिराेका कारण पृथ्वीराजमार्ग एकतर्फी संचालन

ठाउँठाउँमा पहिराेका कारण पृथ्वीराजमार्ग एकतर्फी संचालन

  • Kandara Samachar

  • सोमवार, साउन २९, २०८०

  • 137
    SHARES
ठाउँठाउँमा पहिराेका कारण पृथ्वीराजमार्ग एकतर्फी संचालन

रामहरि थापा/धादिङ,

पृथ्वीराजमार्गकोको ठाउँठाउँमा पहिरो गएका कारण राजमार्ग ठाउँ ठाउँमा एकतर्फी संचालन भएकाे छ ।
तिनदिनदेखि परेको अबिरल वर्षाका कारण राजमार्गमा पहिरो खसेर सडकमा आवत जावत गर्न नसकिने अवस्था आएको हो ।
गजुरी गाउँपालिका वडा नम्बर १ स्थित पृथ्वीराजमार्गको गजुरी गाउँपालिका कार्यालय नजिकै सडक माथीबाट आएको पहिरोले राजमार्ग यातायात साधन संचालन रोकिएको छ ।
सडक माथी पहिले खनिएको ठाउँबाट पहिरो रोडमा आएको थियो राजमार्ग अवरुद्ध भएपछि सडक विभागकोे डोजर प्रयोग गपरि राजमार्ग खुलाईएकाे छ । सडकमा लेदाे बगेर अाईरहेकाे छ ।
पृथ्वीराजमार्गको धादिङ खण्डका ठाउँठाउँमा पहिरो झरेर राजमार्ग एकतर्फी संचालनमा आएको छ । पहिरो हटाएपछि एकतर्फी संचालनमा आएको प्रहरीले जानकारी दिएको छ । पानी परिरहेकाे र सडकमा राखिएकाे डाेजरले पहिराे र लेदाे हटाउने कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय धादिङमा सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग क्षेत्र सडक फराकिलो बनाउन ठाउँठाउँमा खन्ने काम भइरहेको समयमा लगातारको वर्षका कारण सडक अवरद्ध भएको हो । जताततै पहिरो खसेको छ । साना ठूला ढिस्काहरु सडकमा झरेर राजमार्ग छिनछिनमा बन्द हुने र खुलाउने कार्य समेत भइरहेको छ ।

लगातार वर्ष भएको समयमा सवारी चलाउनु अघि राजमार्गको अवस्था बुझेर सवारी साधन लिएर निस्कनका लागि प्रहरीले आग्रह गरेको छ । धादिङका ग्रामीण सडक भने अवरुद्ध भएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar