पानीमा रुझ्दै शिक्षक महासंघको धर्ना

पानीमा रुझ्दै शिक्षक महासंघको धर्ना

  • Kandara Samachar

  • सोमवार, साउन २९, २०८०

  • 118
    SHARES
पानीमा रुझ्दै शिक्षक महासंघको धर्ना

सुदिप अधिकारी/धादिङ
शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधान सम्सोधनको माग गर्दै आइतबार गरिएको धर्ना शिक्षकहरु पानीमा रुझेरै धर्नामा बसेका छन् ।

गाउँपालिका र नगरपालिका अगाडी धर्ना दिने कार्यक्रम आयोजना गरिएको थियो । अघिल्लो दिनदेखिको लगातारको वर्षका कारण पानीमा रुझेर शिक्षकहरु धर्नामा बसेका थिए । केही स्थानहरुमा छाता ओडेरशिक्षकहरुधर्नामा बसेका छन् ।
धादिङकोसबै क्षेत्रमा २ दिनदेखिको लगातारको झरकिा कारण बाटो समेत बन्द भएको अवस्थामा पालिकामा आइपुगेका शिक्षकहरु धर्नामा बसेका हुन् । गल्छी गाउँपालिका कार्यालयमा धर्नामा बसेका शिक्षकहरु केही छाता ओडेर बसेका देखिन्थे भने केही पानीमा भिजेर धर्नामा बसेका थिए ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ धादिङले केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै पालिकामा धर्ना दिएको हो ।
धुनीबेसी, थाक्रे, गजुरीमा धर्ना दिँदा शिक्षकहरु पानीमा भिजिरहेका थिए ।
शिक्षक महासंघले माध्यमिक शिक्षासम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ । विधेयकमा विद्यालय शिक्षाको अधिकार अधिकांश जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ । महासंघले त्यसको विरोध गरेको हो ।
स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग विधेयकले सम्बोधन नगरेको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेरविद्यालय बन्द समेतको संकेत गरेको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar