ग्यास बुलेट चुहिएपछि मछेडीखाेला क्षेत्रकाे एक किलोमिटर बस्ती खाली गराइयाे

ग्यास बुलेट चुहिएपछि मछेडीखाेला क्षेत्रकाे एक किलोमिटर बस्ती खाली गराइयाे

  • Kandara Samachar

  • शुक्रबार, अशोज २३, २०८३

  • 87
    SHARES
ग्यास बुलेट चुहिएपछि मछेडीखाेला क्षेत्रकाे एक किलोमिटर बस्ती खाली गराइयाे

धादिङ ।

धादिङको गल्छी गाउँपालिका–७ स्थित मछेडी खोलानजिक ग्यास बोकेको भारतीय बुलेट पल्टिएपछि पृथ्वी राजमार्गमा यातायात आवागमन पूर्ण रूपमा रोकिएको छ।

प्रहरीका अनुसार एचआर ३८ एएल ३१६७ नम्बरको भारतीय ग्यास बुलेट पल्टिँदा त्यसबाट ग्याससमेत चुहिन थालेको छ। ग्यास चुहिएपछि सम्भावित दुर्घटनाको जोखिम बढेकाले सुरक्षाका दृष्टिले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

ग्यास लिक भइरहेकाले आगलागी तथा अन्य अप्रिय घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले राजमार्गमा आवागमन बन्द गरेको जनाएको छ।

राजमार्गकाे मछेडिखाेला क्षेत्रकाे १ किलोमिटर क्षेत्रमा बस्ती समेत खाली गराईएकाे छ भने मानिस अावतजावत समेत बनणद गरिएकाे छ ।

राजमार्गमा यातायात रोकिएपछि उक्त सडकखण्ड हुँदै यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। ग्यास चुहावट नियन्त्रण र सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।

ग्यास चुहिन राेकिएकाे छैन ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar