बुढीगण्डकी बाढीका कारण विस्थापित भएर होल्डिङ सेन्टरमा बसेका ६५ परिवारलाई राहत वितरण

बुढीगण्डकी बाढीका कारण विस्थापित भएर होल्डिङ सेन्टरमा बसेका ६५ परिवारलाई राहत वितरण

  • Kandara Samachar

  • बुधबार, अशोज २८, २०८३

  • 32
    SHARES
बुढीगण्डकी बाढीका कारण विस्थापित भएर होल्डिङ सेन्टरमा बसेका ६५ परिवारलाई राहत वितरण

धादिङ

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, आरुघाटस्थित होल्डिङ सेन्टरमा रहेका ६५ परिवारलाई आपत्कालीन राहत सामग्री वितरण गरिएको छ।

सेभ द चिल्ड्रेन नेपालको आर्थिक तथा प्राविधिक सहयोग, त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वय र फोकस नेपालद्वारा   राहत सामग्री वितरण गरिएको हो।

आरुघाटस्थित चुलीदेवी माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा बाढीपीडित परिवारलाई भान्साका सामग्री, त्रिपाल, लामखुट्टे झुल, ब्ल्याङ्केट, म्याट्रेस, सरसफाइ सामग्री, बेबी प्याक तथा बाल्टिनलगायतका राहत सामग्री प्रदान गरिएको थियो।

बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने र उनीहरूको दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय तह तथा वडा कार्यालयसँगको समन्वयमा राहत वितरण गरिएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar