पुस्तक तथा स्टेसनरी व्यवसायी संघमा श्रीकृष्ण रिमाल निर्वाचित

पुस्तक तथा स्टेसनरी व्यवसायी संघमा श्रीकृष्ण रिमाल निर्वाचित

  • Kandara Samachar

  • सोमवार, साउन २९, २०८०

  • 190
    SHARES
पुस्तक तथा स्टेसनरी व्यवसायी संघमा श्रीकृष्ण रिमाल  निर्वाचित

नानू कार्की, धादिङ/
पुस्तक तथा स्टेशनरी व्यावसायी संघ धादिङको १७औ साधारण सभा तथा ८औ अधिवेसनबाट अध्यक्ष पदमा श्रीकृष्ण रिमाल निर्वाचित हुनुभएको छ ।

समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्धितिय उपाध्यक्षमा दान बहादुर श्रेष्ठ (हरि), सचिवमा राम प्रसाद रुपाखेती, सह– सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा रविन्द्र रिजाल निर्वाचित हुनुभएकाे छ ।
समितिको सदस्यहरुमा सरिता रुपाखेती, धुव्रराज ईटनी, राजेन्द्र रानामगर,अनिश श्रेष्ठ, सन्तोष दुवाडी, रोस्मित अधिकारी, कल्पना अर्याल र राजेन्द्र मिश्र रहेका छन् ।
गुणस्तरीय उत्पादन,मर्यादित ब्यापार निति निर्माणमा पहुँच साङ्गठनिक आधार भन्ने नाराका साथ सम्पन्न साधारण सभा सम्पन्न भएकाे थियाे ।
साधारणसभाकै अवसरमा बिनोद कडेलको संयोकजत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरीएको छ । जसको सदस्यहरुमा नविन श्रेष्ठ र रामप्रसाद रिजाल चयन भएका छन् ।
साधारण सभा तथा अधिबेशन संघका निवर्तमान अध्यक्ष पन्चकुमार श्रेष्ठको अध्यक्षता तथा संघका बागमती प्रदेशका अध्यक्ष नारायणकुमार श्रेष्ठको प्रमुख आतिथ्य र संघका बागमती प्रदेशका सल्लाहकार सदस्य तुलसी प्रसाद अधिकारीको बिशेष आतिथ्य रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar