बलात्कार गर्नेलाई कारबाहीकाे लागि प्रहरी कार्यालयमा धर्ना

बलात्कार गर्नेलाई कारबाहीकाे लागि प्रहरी कार्यालयमा धर्ना

  • Kandara Samachar

  • बुधबार, साउन १७, २०८०

  • 227
    SHARES
बलात्कार गर्नेलाई कारबाहीकाे लागि प्रहरी कार्यालयमा धर्ना

– नानु कार्की
धादिङ/ १७ साउन
पालन पोषण गरिराखेको १७ वर्षीया नाबापलिका भतिजि बलात्कार गर्ने काकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा बुधबार पीडित पक्षले धर्ना दिएको छ ।
१७ वर्षीया भतिजि बलात्कार गरेको आरोपमा शनिबार ३६ वर्षीया काकालाई प्रहरीले गिरफ्तार गरि गत आईतबार हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
बाबुले आमाको हत्या गरेपछि जेलमा बाबु रहेको बेला काकाको संरक्षणमा ४ वर्षदेखि बस्दै आएकि बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते घरमै बलात्कार गरेको पीडितले जानकारी दिनुभएको थियो ।
पीडितको धादिङ अस्पतालमा शनिबार स्वास्थ्य परिक्षण भयो । मावली पक्षको सहयोगमा धादिङबेसीबाट उद्धार गरिएपछि पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडितको बयान र उजुरीकोआधारमा आरोपितलाई पक्राउ अनुसन्धान भइरहेकोबेला मावली पक्ष र घर रहेको क्षेत्रका नागरिकहरुले जिल्ला प्रहरी कार्यालय अघि धर्ना दिएका हुन् ।
आरोपितलाई हदैसम्मको कारबाही हुनु पर्ने, अनुसन्धान राम्रोसंग गर्नु पर्ने लगायतका माग राखी धर्ना दिइएको वडा त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर ६ का वडाअध्यक्ष हरी विकले जानकारी दिनुभयो ।
धर्नामा आएकाहरुलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक गौतम मिश्रले अनुसन्धान भइरहेको र सरकारी वकिल मार्फत जिल्ला अदालतमा मुद्दा पेश गरिने बताउनुभयो । कुनैपनि किसिमको दवावमा यसकिसिमको घटनामानपर्ने र पीडितको पक्षमा न्याय हुनेगरिअनुसन्धान भइरहेको मिश्रकोभनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar