गौरवशाली इतिहास बोकेको नेकपा एमाले भविश्यको योजना कार्यन्वयन गर्न सक्षम पार्टी हो ः उपाध्यक्ष पोखरेल

गौरवशाली इतिहास बोकेको नेकपा एमाले भविश्यको योजना कार्यन्वयन गर्न सक्षम पार्टी हो ः उपाध्यक्ष पोखरेल

  • सीताराम अधिकारि

  • शनिबार, असार १६, २०८०

  • 193
    SHARES
गौरवशाली इतिहास बोकेको नेकपा एमाले भविश्यको योजना कार्यन्वयन गर्न सक्षम पार्टी हो ः उपाध्यक्ष पोखरेल
धादिङ । १६ असार
नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले गौरवशाली इएतिहास बोकेको भविश्यो योजना वर्तमानमा कार्यन्वयन गर्ने क्षमता भएको पार्टी भएको बताउनुभएको छ ।
नेकपा एमाले धादिङको प्रथम जिल्ला प्रतिनिधि परिषदलाई सम्बोधन एमालेले लिएको चार एजेण्डालाई कार्यन्वयन गर्नका लागि आग्रह गर्नुभयो ।
आर्थिक सम्वृद्धि, राष्ट्रियता, सामाजिक एकता र देश बनाउने जागरणको एजेण्डा एमालेको भएकोले व्यवहारमा कार्यन्वयन गर्नका लागि पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
सबै जाती धर्म समूदायको विविधतामा एकता एमाले उजेण्डा भएपनि एमालेलाई सिध्याउनका लागि पहिचान बादीको नाममा एमाले विरुद्ध मानिसहरुलाई उचालिएको उपाध्यक्ष पोखरेलको भनाइ छ ।
नेकपा एमाले तिन तरेलीको नेतृत्व विकास गर्नका लागि ४० वर्ष माथी, ३० देििख ४० वर्ष र ३० वर्ष मुनिको नेतृत्व विकासका लागि रणनितिक रुपमा एमालेले संगठन विकास थालेको बताउनुभयो ।
कार्यक्रमलाई नेकपा एमाले धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले पार्टी सुदृढिकरण अभियान संगै सशक्क्त बनाउन एकजुट भएर लाग्न एमाले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न जिल्ला प्रतिनिधि परिषदले आगामी कात्तिक सम्मा जिल्ला अधिवेशन, चैत सम्मा पालिका अधिवेशा र त्यसपछि वडा टोल अििधवेशन गर्ने निर्णय गरेको छ ।
४ सय ५० जिल्ला प्रतिनिधि परिषद सदस्ीय सहभागि बैठकले युवाहरुलाई पार्टीमा ल्याएर ४० प्रतिशत युवाको सहभागिता गराउने, राजनितिक प्रशिक्षण दिने, र बामपन्थी बहश संचालनका लागि पुस्तकालय संचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रतिनिधि परिषदले पार्टीको इतिहास लेख्नका लागि जिल्लाका पार्टी जिल्ला संस्थापक जगन्नाथ नेपालको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
समसामयिक ९ बुँदे प्रस्ताव पारित गर्दै जिल्ला प्रतिनिधि परिषद सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar