हिनामिना गरेको सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

हिनामिना गरेको सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ २६, २०८०

  • 146
    SHARES
हिनामिना गरेको सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

 

सीताराम अधिकारी
धादिङ, २६ जेठ साना किसान कृषि सहकारी संस्था सुनौलाबजारका कृष्णबादुर श्रेष्ठ समेत १३ जनाले सहकारकिा प्रबन्धक लिलादेवी पोखरेल अधिकारी विरुद्ध लिखत बोजिकमको रकम दिलाइ भराइ पाउँ भनि जिल्ला अदालता दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । ०६९ देखि सहकारकिो हिसाव मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धकले सेयरसदस्यहरुबाट लिएको रकम हिनामिना भएको भन्दै सहकारकिा तर्फबाट ०७८ असार ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । जिल्ला अदालतका न्यायधिस स्वीकृति पराजुलीको इजलासले २१ पटकको पेसीपछि मुद्दा फैसला गर्दै सहकारीमा कबुल गरेको रकम ५९ लाख २७ हजार १ सय ६७ रुपैयाँ १३ पैसा सहकारीमा तिर्नका लागि फैसला सुनाएको श्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो । सहकारीले साना किसान विकास बैँकको सहयोगमा हिसाव गरी सावा र व्याज सहित तिर्नका लागि मुद्दा दिएकोमा सोरकम तिर्नका लागि फैसलामा माग दावी बमोजिम आंसिक दावी पुग्ने भन्दै फैसला गरेरकिसानहरुको रकम जोगिएको सहकारीका सदस्य नरबहादुरभण्डारीले बताउनुभयो ।
सहकारीका व्यवस्थापकले सानाकिसान विकास बेँकमा हिसाव बुझाउने गर्दा समसइा देखिएपछि संचालक समिति समेत बसेर जिल्ला अदालतमा मुद्दा सुरुहुनु अघि हिसाव जाँच गरिएको र हिनामिना भएकोरकम फिर्ता गर्न अनुरोध गरिएपनि रकम फिर्ता नगरेपछि मुद्दा दिइएको सहकारी संचालक समितिका सदस्य भण्डारीको भनाइ छ । यसअघि सहकारीका व्यवस्थापक लिलादेवी पाखरेल अधिकारीले लेखा समितिका अध्यक्ष दिपक श्रेष्ठ समेत १० जना विरुद्ध अपराधिक बल प्रयोगबाट गरिएको करकापको लिखत बदर गरि सजायाँ गरिपाउँ भनि जिल्ला अदालतमा ०७७ फागुन ४ गते मुद्दा दर्ता गराउनुभएको थियो । यसैगरि ०७७ फागुन १० गते हिसाव जाँच गरि दायित्व बहन गराइपाउँ भनि जिल्ला अदालतमा लिलादेवी पोखरेल अधिकारीले मुद्दा दर्ता गराउनुभएकोमा जिल्ला न्यायधिस पराजुलीको ०८० जेठ १८ गतेको इजलासले दावी नपुग्ने ठहर गरेको छ । सुनौलाबजार साना किसान कृति सहकारी स.सथाले सहकारकिा व्यवस्थापक लिलादेवी पोखरेल अधिकारीलाई ०७७ देखिनै निलम्बन गरेको थियो । सेयरसदस्यको रकम भएकोले व्यवस्थापकले रकम उपलब्ध गराएपछि सेयरसदस्य किसानहरुको माग बमोजिमको आवस्यकतामा आधारित कृषि ऋण उपलब्ध गराउनसकिने सहकारीले जानकारी दिएको छ ।
👍


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar