बालिका बलात्कार अाराेपमा एक जना पक्राउ

बालिका बलात्कार अाराेपमा एक जना पक्राउ

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ १६, २०८०

  • 133
    SHARES
बालिका बलात्कार अाराेपमा एक जना पक्राउ

 

 

 

धादिङ । १६ जेठ १७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका–५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बैशाख २७ गते विवाह गरेकाे भनी बलात्कार गरेको भन्दै पीडित परिवारले जेठ १४ गते इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए ।

आराेपितले घरमा लगेर बलात्कार गरेपछि केहिदिनपछि चितवन लगेर छाडि भागेकाे अवस्थामा पीडितकाे जेठ ८ गते परिवारले उद्धार गरेकाे थियाे । आराेपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ १६ गते उजुरी दर्ता भई अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्याफय धादिङका प्रमुख एसपि गाैतम मिश्रले जानकारी दिनुभयाे । पीडितकाे स्वास्थ्य परीक्षण जेठ १६ गते धादिङ अस्पतालमा गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar