भिरबाट लडेर चेपाङ अामाछाेराकाे मृत्युु

भिरबाट लडेर चेपाङ अामाछाेराकाे मृत्युु

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ १६, २०८०

  • 184
    SHARES
भिरबाट लडेर चेपाङ अामाछाेराकाे मृत्युु
सीताराम अधिकारी धादिङ, १६ जेठ बच्चाबाेकेर घाँसकाट्न गएकी चेपाङ अामाछाेराकाे भिरबाट लडेर साेमबार मृत्यु भएकाे छ । बेनिघाट राेराङ गाउँ पालिका वडा नम्बर २ कि १९ वर्षीया अप्सरा चेपाङ र उहाकाे छाेरा २ वर्षीय साजन चेपाङको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्रले जानकारी दिनुभयाे ।
अप्सरा आठमहिनाकाे गर्भवती हुनुहुन्थ्यो । साेमबार घर नजिकै जंगल गएकाकाे अवस्थामा भिरबाट लडेपछि बालककाे घटना स्थलमा र अप्सराकाे उपचारकाे क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएकाे थियाे । गरीविले गाँजेकाे चेपाङ समुदायकाे दुखान्त घटनाले अार्थिक विकासमा काम गरेकाे बताउनेहरुलाई गिज्याएकाे छ । —


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar