आज देखी मदन आश्रित स्मृति फुटवल प्रतियोगिता, ६० टिम सहभागी हुने

आज देखी मदन आश्रित स्मृति फुटवल प्रतियोगिता, ६० टिम सहभागी हुने

  • Kandara Samachar

  • बुधबार, जेष्ठ ३, २०८०

  • 181
    SHARES
आज देखी मदन आश्रित स्मृति फुटवल प्रतियोगिता, ६० टिम सहभागी हुने

काठमाडौं, ३ जेठ । मदन आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता आजवाट सुरु हुने हुने भएको छ ।

 

 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकटको ‘पिपुल्स भोलेन्टियर्स’ को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा बुधबारदेखि हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ। ुुसो प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ ।

 

प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु. तीन लाख, उपविजेतालाई रु. दुई लाख र तेस्रो टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

 

नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । २०५० जेठ ३ गते चितवनको दासढुङ्गा, चितवनमा रहस्यमय जिप दुर्घटनामा परी उनीहरुको निधन भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar