अयाेग्य लडाकुलाइ रकम बितरण गर्न सर्वाेच्चकाे राेक

अयाेग्य लडाकुलाइ रकम बितरण गर्न सर्वाेच्चकाे राेक

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ २, २०८०

  • 200
    SHARES
अयाेग्य लडाकुलाइ रकम बितरण गर्न सर्वाेच्चकाे राेक

काठमाडाैं, २ जेठ । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा राेक लगाएकाे छ ।

 

सरकारकाे साे निर्णय तत्काल लागु गर्न राेक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बाेलाएकाे छ ।

 


सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारलाई न्यायाधीश रेग्मीको इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइमा बोलाएको छ ।

 

सरकारको साे निर्णयविरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए ।



सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar