‘मुख्यमन्त्री जम्कट्टेलद्वारा ‘जनयुद्धमा धादिङ’ पुस्तककाे लाेकार्पण

‘मुख्यमन्त्री जम्कट्टेलद्वारा ‘जनयुद्धमा धादिङ’ पुस्तककाे लाेकार्पण

  • Kandara Samachar

  • शनिबार, बैशाख २३, २०८०

  • 201
    SHARES
‘मुख्यमन्त्री जम्कट्टेलद्वारा ‘जनयुद्धमा धादिङ’ पुस्तककाे लाेकार्पण

धादिङ, २३ बैशाख /
दस वर्षे सशस्त्र युद्धकाे समयमा धादिङमा भएका घटना, जनधनकाे क्षति, बेपत्ता घाइते विस्थापितहरुकाे विवरण संकलन गरि प्रकाशन गरिएकाे ‘जनयुद्धमा धादिङ ‘ नामक पुस्तककाे शनिबार धादिङबेसीमा लाेकार्पण गरिएकाे छ ।
एनएस मिडियाद्वारा प्रकाशन गरिएकाे १ सय ५२ पृष्ठकाे पुस्तकमा माओवादीले संचालन गरेकाे सशस्त्र युद्ध तथा जनआन्दोलनकाे २०५२ देखि २०६२ काे अवधीमा भएका घटनाहरु समेटेर पुस्तक प्रकाशन गरिएकाे प्रधान सम्पादक नारायण सिलवालले बताउनुभयाे ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक समारोहका बीच एन. एस. मिडिया धादिङले प्रकाशन गरेको ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री जमकट्टेलले जनयुद्धमा धादिङ पुस्तक एक ऐतिहासिक दस्तावेज बनेको र यो कृतिको महत्व छुट्टै रहेको बताउनुभएकाे छ ।
संघीय सांसद रामनाथ अधिकारीले जनयुद्धको उपलब्धीलाई अझै संस्थागत गर्न बाँकी रहेको बताउँदैमृत्यु भएका, बेपत्ता, विस्थापित, लगायतकाे एउटा महत्वपूर्ण कलेक्सनका रुपमा धादिङमा जनयुद्ध पुस्तक आएकोमा खुसी व्यक्त गर्नुभयाे ।
पुस्तकका बारेमा डा. नविनबन्धु पहाडी र डा. हरिप्रसाद सिलवालले पुस्तक ऐतिहासिक दस्तावेजको रुपमा आएको सकारात्मक पाटो हुँदा हुँदै पनि द्वन्दको क्रमका सहिद परिवारको अवस्था, घाईते/अपाङ्ता भएका व्यक्तिको अहिलेको अवस्था के कस्तो छ, त्यो विषय छुटेको औंल्याउनुभएकाे थियाे ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष एवम् पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर थपलिया (विवेक) को अध्यक्षतामा भएको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तक प्रकाशनको लागि सहयोग गर्नेहरुलाई सम्मान पत्र एवम् कदर पत्र प्रदान गरिएको थियो ।
पुस्तकमा मृत्यु भएका १ सय ९५ जना, बेपत्ता भएका २३ जना, विस्थापित भएका ५ सय ५८ जना, अंगभंग भएका ५१ जना र टुहुरा भएका ७ जनाकाे विवरण र फाेटाेहरु समावेश छ ।
तथ्यांक संकलनमा सहयाेग गरेकाे भन्दै साे अबसरमा समाचारपत्रकर्मी सीताराम अधिकारी लगायत सात जनालाई सम्मान गरिएकाे थियाे । मुख्यमन्त्री जम्कट्टेलले सम्मान पत्र प्रदान गरेर सममान गर्नुभएकाे हाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar