डेटा गायब भएपछि लोक सेवाको अनलाइन प्रणाली अवरुद्ध, पुनः विज्ञापन खुलाउने तयारी

डेटा गायब भएपछि लोक सेवाको अनलाइन प्रणाली अवरुद्ध, पुनः विज्ञापन खुलाउने तयारी

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १९, २०८०

  • 162
    SHARES
डेटा गायब भएपछि लोक सेवाको अनलाइन प्रणाली अवरुद्ध, पुनः विज्ञापन खुलाउने तयारी

काठमाडौं । डेटा गायब भएपछि लोक सेवा आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको छ । सरकारी एकीकृत डेटा सेन्टर (जीआईडीसी)को स्टोरेज प्रणालीमा समस्या आउँदा आयोगको विभिन्न डेटा गायब भएको हो ।

जीआईडीसीको प्रणालीमा समस्या आउँदा गत वर्ष मंसिर महिनामा प्रकाशित रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको विज्ञापन, पुस महिनामा प्रकाशित रा.प. अनं. प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सो सरह पदको विज्ञापन र माघ महिनामा प्रकाशित रा.प. अनं प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सो सरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्त सम्बन्धी विवरणमा आयोगको पहुँच बाहिर गएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उक्त विज्ञापन पुनः खुलाउने तयारी गरेको छ । आयोगले सञ्चालन गर्दै आएको उक्त अनलाइन प्रणालीमा गत फागुन २३ गते समस्या आएको घटना एक साताअघि मात्र बाहिरिएको थियो ।

फागुन २३ गतेको उक्त घटनापछि जीआईडीसी सञ्चालन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले डेटा रिकभरीको प्रयास जारी राखेको आयोगको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar