प्रयोगात्मक परीक्षामा गयल देखाएपछि आरआर क्याम्पसका प्रमुखलाई फूलमाला लगाएर धन्यवाद

प्रयोगात्मक परीक्षामा गयल देखाएपछि आरआर क्याम्पसका प्रमुखलाई फूलमाला लगाएर धन्यवाद

  • कन्दरा सम्बाददाता

  • मङ्लबार, बैशाख १९, २०८०

  • 147
    SHARES
प्रयोगात्मक परीक्षामा गयल देखाएपछि आरआर क्याम्पसका प्रमुखलाई फूलमाला लगाएर धन्यवाद

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीलाई विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाएर धन्यवाद दिएका छन् । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीहरूको प्रयोगात्मक परीक्षाको नतिजामा गयल देखाएको भन्दै फूलमाला लगाएर धन्यवाद दिएका हुन् ।

बीए प्रथम वर्षको नतिजा सार्वजनिक भएपछि आरआरमा पढ्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थीको प्रयोगात्मकतर्फ नतिजा गयल देखिएको छ । राम्रै नम्बर दिएकाहरूको हकमा समेत कम नम्बर देखाइएको छ ।

प्रयोगात्मक परीक्षामा उपस्थित  भएर पनि नतिजामा अनुपस्थित देखाएपछि विद्यार्थीहरूले छानविनको माग गरेका थिए । तर, क्याम्पस प्रमुखले छानविनको लागि आनाकानी गरेपछि विरोध र व्यङ्ग्य स्वरूप फूलमाला लगाएर भविश्यमाथि खेलबाड गरेको भन्दै  विद्यार्थीले धन्यवाद दिएका हुन् ।

२०७७ ब्याचका विद्यार्थीहरूले उक्त समस्या क्याम्पसको लापरवाहीका कारण भएको बताएका छन् । तर, क्याम्पसले भने आफ्नो कुनै कमजोरी नदिएको भन्दै पन्छिन खोजिरहेको विद्यार्थीहरूले बताएका छन् ।

फूलमाला लगाएर धन्यवाद दिएपछि क्याम्पस प्रमुख ज्ञवालीले कुनै न कुनै निकास निकाल्ने आश्वासन दिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar