काठमाडौं-अष्ट्रेलिया उडानका लागि नेपाल वायुसेवा निगमले गृहकार्य थाल्यो

काठमाडौं-अष्ट्रेलिया उडानका लागि नेपाल वायुसेवा निगमले गृहकार्य थाल्यो

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १९, २०८०

  • 197
    SHARES
काठमाडौं-अष्ट्रेलिया उडानका लागि नेपाल वायुसेवा निगमले गृहकार्य थाल्यो

काठमाडौं-अष्ट्रेलिया-काठमाडौं उडानका लागि नेपाल वायुसेवा निगमले गृहकार्य सुरू गरेको छ।

काठमाडौं-सिंगापुर-सिड्नी उडान गर्ने योजनामा रहेको नेपाल एयरलाइन्सले सिड्नीस्थित किंसफोर्ड स्मिथ विमानस्थललाई प्रस्ताव गरेको छ।

निगमले सूचना जारी गर्दै यो विमानस्थललाई ग्राउन्ड ह्यान्डलिङ तयारीका लागि प्रक्रिया अगाडि बढाउन प्रस्ताव राखेको नेपाल वायुसेवा निगमका सूचना अधिकारी गणेश घिमिरेले जानकारी दिए।

‘अध्ययन समूह गठन गरेर काठमाडौं-अष्ट्रेलिया नियमित उडानका लागि गृहकार्य भइरहेको छ’, उनले भने, ‘हामी अहिले अति प्रारम्भिक चरणमा छौं। सिड्नी उडानका लागि ग्राउन्ड ह्यान्डलिङलगायतका प्रारम्भीक तयारीको प्रक्रिया अगाडि बढाएका छौ।’Kandarasamachar

निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अष्ट्रेलियाको सिड्नी उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर सिधा उडान गर्ने प्रस्ताव पेस गरेको थियो। गत वर्ष नै नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सम्झौता भइसकेको छ।

उच्च शिक्षाका लागि नेपाल-अष्ट्रेलिया आउजाउ गर्ने नेपालीसँगै दुईतर्फी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिड्नीतर्फ नियमित उडान विस्तार गर्ने निगमको तयारी छ।

सरकारले अष्ट्रेलिया उडानका लागि नेपाल एयरलाइन्सलाई आधिकारिक जहाज तोकेसँगै निगमले प्रक्रिया अघि बढाएको हो।

सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच भएको हवाई सम्झौताको चार वर्षपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सलाई अस्ट्रेलिया उडानको लागि आधिकारीक वायु सेवा तोकेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar