वाई-फाई विस्थापन गर्न बजारमा आयो ‘लाई-फाई’ प्रविधि

वाई-फाई विस्थापन गर्न बजारमा आयो ‘लाई-फाई’ प्रविधि

  • कन्दरा सम्बाददाता

  • शनिबार, चैत्र २५, २०७९

  • 171
    SHARES
वाई-फाई विस्थापन गर्न बजारमा आयो ‘लाई-फाई’ प्रविधि

काठमाडौं । वाई-फाईकाे विकल्पमा नयाँ प्रविधि सार्वजनिक भएकाे छ । बार्सिलाेनामा हालै सम्पन्न मोबाइल वर्ल्ड कंग्रेस कार्यक्रममा ‘प्योरलाइफाइ’ नामक कम्पनीले लाइट एन्टेना मोड्युल सार्वजनिक गरेको हाे ।

यस प्रविधिलाई हाल विद्यमान वाई-फाईको विकल्पको रुपमा हेरिएको छ । यस्तो प्रकारको प्रविधि विश्वमै पहिलो पटक सार्वजनिक भएको बताइएकाे छ ।

लाई-फाई नयाँ पुस्ताको वायरलेस प्रविधि हो, जसले रेडियो सिग्नलहरू प्रयोग गरेर डेटा प्रसारण गर्ने काम गर्छ । यो हाल विद्यमान वायरलेस कनेक्टिभिटीभन्दा छिटो र भरपर्दो हुने कम्पनीको दाबी छ ।

साथै यो हालको वाई-फाई र फाइभजी कनेक्सनभन्दा पनि सुरक्षित हुने कम्पनीले जनाएको छ । यसले हालको ८०२.११ वाई-फाईको स्ट्यान्डर्डसँगै आईईईई ८०२.११ बीबी (IEEE802.11bb) स्ट्यान्डर्ड पनि सपोर्ट गर्छ ।

सन् २०३० सम्ममा यो प्रविधि विश्वका ७० प्रतिशत डिभाइसहरूमा प्रयोग हुने अनुमान गरिएको छ । फाइभजी र वाई-फाईले लामो समयदेखि विद्यमान ट्राफिकको समस्या समाधान गर्न नसकेको र यी नेटवर्कहरू ह्याक हुने सम्भावना उत्तिकै भएकाे हुँदा लाई-फाईले सबैभन्दा सुरक्षित कनेक्सन प्रदान गर्ने बताइएको छ ।

विभिन्न सैन्य कार्यहरूमा यो प्रविधिको परीक्षण भइसकेको छ । सार्वजनिक रुपमा उपलब्ध हुने बित्तिकै यसको प्रयोग व्यापक रुपमा हुने कम्पनीको दाबी छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar