एलपी ग्यास लोड गरेको ट्यांकर पल्टियो, एक जनाको मृत्यु

एलपी ग्यास लोड गरेको ट्यांकर पल्टियो, एक जनाको मृत्यु

  • Kandara Samachar

  • सोमवार, चैत्र २०, २०७९

  • 189
    SHARES
एलपी ग्यास लोड गरेको ट्यांकर पल्टियो, एक जनाको मृत्यु

एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो।

चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।

दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar