प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरीमा सुरु

प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरीमा सुरु

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ २, २०८२

  • 156
    SHARES
प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरीमा सुरु

धादिङ 

 गजुरी समाज गजुरीको आयोजनामा प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरी गाउँपालिका वडा नं. ५ स्थित गलौदी खेलमैदानमा बिहिवार सुरु भएको छ।

उद्घाटन  समारोह गजुरी समाज गजुरीका अध्यक्ष दिवस सागर श्रेष्ठको अध्यक्षता, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेकाे थियाे ।

प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको छ। उद्घाटन सगै खेल सुरु भएको प्रतियोगिता जेठ ५ गते समापन हुने जानकारी आयोजकले दिएकाे छ ।

प्रमुख अतिथि श्रेष्ठले  दोस्रो शन्नी घले स्मृति कप आगामी वर्षदेखि  गजुरी गाउँपालिकाको रातो किताबमै बजेट छुट्याइने घोषणा गर्नुभयो।

स्थानीय युवा खेलाडीको प्रतिभा उजागर गर्दै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar