एक लाख ११ हजार पुरस्कार रासीको मेयरकप फुटसल सुरु

एक लाख ११ हजार पुरस्कार रासीको मेयरकप फुटसल सुरु

  • Kandara Samachar

  • बुधबार, फाल्गुन ७, २०८१

  • 123
    SHARES
एक लाख ११ हजार पुरस्कार रासीको मेयरकप फुटसल सुरु

धादिङ ।
१ लाख १ हजार १ सय ११ रुपैयाँ  रासीको नीलकण्ठ नगरपालिकामा प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०८१ सुरु भएको छ ।
नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले फागुन ७ देखि १० गतेसम्म प्रथम नीलकण्ठ मेयर फुटसल कप २०८१ को धादिङ फुटसल एकेडेमी धादिङबेसीमा सुरु भएको फुटसल प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले भाग लिएका छन् ।

प्रतियोगितामा विजयी हुनेले प्रथम, द्धितिय (उपविजेता), तृतिय र सान्त्वनाले क्रमशः १ लाख १ Card १११, ५१ हजार १ सय ११, २५ हजार र २० हजार रुपियाँ पुरस्कार पाउँनेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ६–६ हजार पुरस्कार पाउने खेल संयोजक सरोज पाण्डेले बतउनुभयो ।
प्रतियोगिताको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले उद्घाटन गर्नुभएको छ । उद्घाटनका क्रममा नगर प्रमुख ढुंगानाले नीलकण्ठमा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको भन्दै नगरपालिकामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाँले यस वर्षबाट सुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फुटसल उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णुआचार्य, शिक्षा विकास तथा समन्वय इका प्रमुख भुमीलाल सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, लगायतका अतिथीहरुको उपस्थीति रहेको थियो ।
खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल लक्ष्यका साथ खेलकूदको खेलप्रति समर्पित युवालाई एकताबद्ध गरी अन्य ठाउँमा हुने प्रतियोगितामा नगरपालिकाको तर्फबाट सहभागी गराउन सकिने गरी खेलाडीको मनोबल उच्च राख्न कार्यक्रमको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रकाश दत्र् भट्टले जानकारी दिनुुभयो ।
धादिङवेशीस्थित धादिङ फुटसल एकेडेमीमा सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar