वृद्ध बलात्कार कसुरमा जन्मकैद, सादक सदर भएमा १० वर्ष मात्र कैद बसे पुग्ने

वृद्ध बलात्कार कसुरमा जन्मकैद, सादक सदर भएमा १० वर्ष मात्र कैद बसे पुग्ने

  • Kandara Samachar

  • सोमवार, भदौ ३१, २०८१

  • 75
    SHARES
वृद्ध बलात्कार कसुरमा जन्मकैद, सादक सदर भएमा १० वर्ष मात्र कैद बसे पुग्ने

धादिङ ।

७५ वर्षीया वृद्धा बलात्कार गरेको कसुरमा खनियाबास गाउँपालिका–५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला जिल्ला अदालतले ०८१ भदौ ३० गते गरेको छ ।
जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद र ७ लाख रुपैयाँ जरिवाना गर्न फैसला भएको छ । कसुरदारले जरिवानाबापत तिरेको ७ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख छ ।
जिल्ला न्यायधिस वास्तोलाको इजलासले वृद्ध बलात्कार कसुरमा जन्मकैद हुने कानूनी व्यवस्था छ । कसुरदार साविति भएको र घटनाको अवस्था र प्रकृति हेर्दा सजायाँ चर्को पर्नसक्ने देखिएकोले मुलुकी फाैजदारी कार्यविधि २०७४ काे दफा १४५ काे १ क काे व्यवस्था अनुसार जन्मकैदको सट्टा कसुरदारलाई १० वर्षमात्र कैद गर्नका लागि छुट्टै राय प्रस्तुत गरि उच्च अदालत पाटनमा सादक सदरका लागि पठाइएको जिल्ला अदालतका सूचनाअधिकारी कविता प्रजापतिले इन्सेकलाई बताउनुभयो । यस्ताे प्रस्ताव जिल्ला अदालतबाट ३५ दिनभित्र उच्च अदालतमा पठाउनु पर्ने छ ।
उच्च अदालतले सादक सदर गरेमा कसुरदारले १० वर्षमात्र कैद हुनेछ । सादक सदर नभएमा सर्वाेच्च अदालतकाे फैसला अन्तिम हुनेछ।
सादक सदर सम्बन्धि फैसला धादिङका लागि नयाँ किसिमकाे भएकाे र मुद्दाको प्रकृति अनुसार न्यायधिसले कानुनी प्रावधानमा रहेर न्याय दिएकाे वैतनिक कानून व्यवसायी अधिवक्ता विश्वराज अधिकारीले बताउनुभयाे ।
०८१ असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २४ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकोमा कसुरदारलाई असार २४ गते गिरफ्तार गरिएको थियो । कसुरदार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार २५ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । पीडितको असार २५ गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण भयो । जिल्ला अदालतमा साउन १४ गते दर्ता भएको र कसुरदार साउन १५ गतेको आदेश बमोजिम पुरपक्षका लागि थुनामा थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar