नेविसंघ नेतृत्व हत्याउन नीलकण्ठका मेयर र कृषी मन्त्री आ-आफ्नाे अध्यक्ष घाेषणा

नेविसंघ नेतृत्व हत्याउन नीलकण्ठका मेयर र कृषी मन्त्री आ-आफ्नाे अध्यक्ष घाेषणा

  • Kandara Samachar

  • सोमवार, साउन ७, २०८१

  • 327
    SHARES
नेविसंघ नेतृत्व हत्याउन नीलकण्ठका मेयर र कृषी मन्त्री आ-आफ्नाे अध्यक्ष घाेषणा

धादिङ
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङमा गुटकाे राजनीति चरम उत्कर्षमा पुगेकाे छ
गुटबन्दीकाे अन्तिम परिणाम आइतबार नेपाली कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रम गरी दिनेश श्रेष्ठको अध्यक्षतामा नेविसंघ समानान्तर कमिटि गठन गरिएकाे छ ।
नेविसंघ केन्द्रीय समितिबाट यसअघि नै आधिकारिक टिकट ल्याएर जिल्लामा विभिन्न गतिविधि गर्दै आएका सुदीप गौलीलाई अध्यक्ष स्वीकार गर्न नसक्ने भन्दै असन्तुष्ट पक्षहरुले समानान्तर कमिटि गठन गरेका हुन् ।
आइतबार गठन भएको समानान्तर कमिटिका अध्यक्ष दिनेश श्रेष्ठ कांग्रेस धादिङका सभापति एवम् हालैमात्र नेपाल सरकारको कृषिमन्त्रीको जिम्मेवारी पाएका रामनाथ अधिकारी पक्षका हुन् भने नेविसंघ केन्द्रीय समितिबाट टिकट ल्याएका सुदिप गौली कांग्रेस जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी एवम् नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना पक्षका हुन्।
असन्तुष्ट पक्षले केन्द्रीय कमिटिले जिल्ला अध्यक्षमा हस्ताक्षेप गर्न नहुने र भूगोलमा चुनाव हुनुपर्ने माग गरी गौली नेतृत्वमा हुँदै आएका गतिविधिहरु समेत अस्वीकार गर्दै आएका थिए । केही दिन अघि भएको एसईइ उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा पनि श्रेष्ठका पक्षधरहरु सहभागी थिएनन् ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले २०७९ फागुन १८ गते तीन महिनाभित्र जिल्ला अधिवेशन सक्ने गरी गौलीलाई अध्यक्षमा नियुक्त गरेका थिए । कांग्रेस जिल्ला कार्य समितिसँग नेविसंघ केन्द्रीय कमिटिले अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्न माग गरेको थियो । जिल्लाले नाम पठाउन नभ्याउँदै शेर्पाले गौलीलाई जिल्ला अध्यक्ष पदमा नियुक्ति गरेको पत्र पठाएका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सिफारिस बिना नेविसंघ केन्द्रबाट गुुटगत आधारमा गौलीको नाम पढाएको भन्दै कांग्रेस जिल्ला कार्यसमितिले स्वीकार गरेको थिएन ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar