अमेरिकी क्लब बीवाईएससी आहारारा पोखरा गोल्डकपको फाइनलमा,उपाधिका लागि बीवार्ईएससी र संकटा भिड्ने

अमेरिकी क्लब बीवाईएससी आहारारा पोखरा गोल्डकपको फाइनलमा,उपाधिका लागि बीवार्ईएससी र संकटा भिड्ने

  • Kandara Samachar

  • बिहिबार, पुस २१, २०७९

  • 268
    SHARES
अमेरिकी क्लब बीवाईएससी आहारारा पोखरा गोल्डकपको फाइनलमा,उपाधिका लागि बीवार्ईएससी र संकटा भिड्ने

अमेरिकी क्लब भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै बीवाईएससीले उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अतिरिक्त समयमा बीवाईएससीले अग्रता लिएको थियो । ४६ औं मिनेटमा बीवाईएससीका रोजिन प्रजापतिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रविन बस्नेतको पासमा हेडमार्फत गोल गरेका थिए ।

सोही अग्रतालाई बचाउँदै बीवाईससी जारी आहारारा पोखरा गोल्डकपको फाइनल पुग्न सफल रह्यो ।

८३ औं मिनेटमा चर्च ब्वाइजका खेलाडी आशिष चौधरीले रातो कार्ड पाएर मैदान छाडेपछि चर्च ब्वाइज क्लब १० खेलाडीमा सीमित भएको थियो । चौधरीले बल खोस्ने क्रममा बीवाईएससीका डाइलो इराकागलाई लडाएपछि रातो कार्ड पाएका हुन् ।उपाधिका लागि अब अमेरिकी क्लब बीवार्ईएससीले संकटासँग २३ पुसमा प्रतिस्पर्धा गर्नेछ


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar