भोटेकोशी बाढी प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि आर्थिक सहयोग

भोटेकोशी बाढी प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि आर्थिक सहयोग

  • Kandara Samachar

  • शुक्रबार, अशोज २३, २०८३

  • 61
    SHARES
भोटेकोशी बाढी प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि आर्थिक सहयोग

धादिङ,  ।

भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका धादिङका बालबालिकाको शैक्षिक निरन्तरता सुनिश्चित गर्न आर्थिक सहयोग प्रदान गरिएको छ। बाढीबाट प्रभावित गल्छी, गजुरी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकाका बालबालिकालाई लक्षित गरी प्रतिपरिवार १० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउन लागिएको हो।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको पहलमा इटालीयन गैरसरकारी संस्था भिवास्पि, गोनेशा पोखरा र सिड्स धादिङको संयुक्त सहकार्यमा सहयोग अभियान सञ्चालन गरिएको हो।

असोज २३ गते शुक्रबार गल्छी गाउँपालिका–४, मासटारमा आयोजित कार्यक्रममा गल्छी र गजुरी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडा, उपाध्यक्ष भाईकाजी तिवारी, एनसिई नेपालका रामप्रसाद सुवेदी, कौशिला खरेल तथा सिड्स धादिङका गोकर्ण रुपाखेतीलगायतको उपस्थिति थियो।

कार्यक्रममा गल्छी गाउँपालिकाका नौ, गजुरी गाउँपालिकाका नौ र बेनिघाट रोराङ गाउँपालिकाका एक गरी १९ प्रभावित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो। अभिभावक गुमाएका बालबालिकाको पढाइलाई निरन्तरता दिन तथा विपद्का कारण परिवारमा परेको आर्थिक भार केही कम गर्न सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको हो।

एनसिई नेपालका धादिङ संयोजक गोकर्णप्रसाद रुपाखेतीका अनुसार थाक्रे गाउँपालिकाका थप २१ प्रभावित परिवारलाई पनि छिट्टै प्रतिपरिवार १० हजार रुपैयाँका दरले सहयोग हस्तान्तरण गरिनेछ।

बाढी तथा विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षामा अवरोध आउन नदिन यस्ता सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विपद्पछिको पुनःस्थापनासँगै प्रभावित बालबालिकाको शिक्षा र भविष्य सुरक्षित गर्न समुदाय, सामाजिक संस्था तथा सरोकारवाला निकायको सहकार्य आवश्यक देखिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar