नीलकण्ठ नगरपालिका-१४ नेकपा एस काे वडा कमिटी एमालेमा समायाेजन

नीलकण्ठ नगरपालिका-१४ नेकपा एस काे वडा कमिटी एमालेमा समायाेजन

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ २३, २०८२

  • 185
    SHARES
नीलकण्ठ नगरपालिका-१४ नेकपा एस काे वडा कमिटी एमालेमा समायाेजन

धादिङ

नेकपा एकीकृत समाजवादी नीलकण्ठ नगर वडा नम्बर १४ को वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ । नीलकण्ठ नगर वडा नम्बर १४ को सिंगो वडा कमिटीसहित ११० जना नेकपा एमालेमा समाहित भएको हो ।

नेकपा एसका जिल्ला कमिटी सचिवालय सदस्य एवम् नीलकण्ठ १४ का वडा कमिटी अध्यक्ष अब्जनाथ सापकोटा (गोविन्द), नगर कमिटी सचिवालय सदस्य नवराज रिमाल, नगर कमिटी सदस्य प्रेम प्रसाद लामिछाने, वडा कमिटी सचिव हेम लामा लगायत सिंगो कमिटी नै नेकपा एमालेमा समाहित भएको हो ।

पार्टी विभाजन भएसँगै विभाजन भएको यि कमिटीहरु एकताको सन्देश दिन वडाबाट समायोजन सुरु भएको नेकपा एमाले नीलकण्ठ नगर कमिटीका अध्यक्ष काजी श्रेष्ठले बताए ।

 ‘विभाजन भएको दुई दललाई एक बनाउन आवश्यक छ । राष्ट्रिय एकताको सन्देश दिन पनि वडाबाट समायोजन सुरु गरिएको हो । यस्ता समायोजन र पुरानो घर फर्कने लहरले ०८४ को निर्वाचनमा नेकपा एमालेलाई बलियो बनाउनेछ’ उनले भने ।

नेकपा एमाले धादिङकी सचिव राधिका सापकोटाले वडा स्तरबाट थालिएको समायोजनले २०८४ मा एमालेलाई सफल बनाउने सुरुवातको विन्दु रहेको बताइन् । ‘नेकपा एमाले पहिलो राजनितिक शक्ति हो । देशको विकास र समृद्धि नेकपा एमालेबाटै संभव छ’ उनले भनिन्– ‘नेकपा एमालले घर फर्क अभियान सञ्चालन गरिरहेको छ । हिजो पाटी छाडेर समाजवादीमा गएकाहरु घर फर्कने लहर चलेको छ । देशको विकास र समृद्धि नेकपा एमालेबाटै संभव छ । त्यसैले, हिजोका दिनमा हामी सबैले बगाएको पसिना र रगतसँगै त्यागलाई सम्झेर ढिला नगरि घर फर्कन सबैमा हार्दिक अनुरोध छ । ’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar