१३ बुँदे घाेषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमती प्रादेशिक भेला

१३ बुँदे घाेषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमती प्रादेशिक भेला

  • Kandara Samachar

  • बुधबार, जेष्ठ १५, २०८२

  • 83
    SHARES
१३ बुँदे घाेषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमती प्रादेशिक भेला

हेटाैँडा । 

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै हेटौंडामा सम्पन्न भएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ १३ गतेबाट शुरु भएको प्रादेशिक भेलामा वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर घोषणपत्र जारी गर्दै सकिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेको भेलाले पारित गरेको घोषणापत्रमा पत्रकारको सुरक्षा, क्षमता विकास, सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था, सञ्चारमाध्यमलाई उद्योगका रुपमा मान्यता दिई अनुदान र सहुलियत ऋण र लोककल्याणकारी सुविधा लगायतमा तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र प्रदेश विज्ञापन नीति निर्माणको विषयलाई प्रमुखताका साथ उठाईएको छ ।
भेलाले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र समिति अन्तर्गतका शाखाहरुको बैठक तथा कार्यक्रम ब्यवस्थित गर्न नेपाल पत्रकार महासंघ बागमती प्रदेशको बैठक तथा कार्यक्रम सञ्चालन सम्बन्धि कार्यबिधि २०८२ पारित गरेको छ । महासंघको औपचारिक कार्यक्रम र बैठक ब्यवस्थित, पारदर्शी र मितब्ययी बनाउन कार्यबिधि निर्माण गरिएको महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले बताए ।
साथै, भेलाले प्रदेश विज्ञापन नीति निर्माणको लागि बागमती प्रदेश सरकारलाई दवाब दिन प्रदेश विज्ञापन नीति निर्माण सुझाव समिति गठन गरेका छ । पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष शंकर अधिकारीको संयोजकत्वमा गठिन समितिमा प्रदेश समितिका दुई सदस्यसहित मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, चितवन शाखाका अध्यक्ष बसन्त पराजुली र काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल रहेका छन् । समितिले तीन महिनाभित्र प्रदेशमा विज्ञापन नीतिको आवश्यकता र सञ्चार क्षेत्रले चाहेको नीतिबारे सुझावसहित प्रतिवेदन दिने बताईएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका १३ जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरु, सदस्यहरु, बागमती प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, प्रदेशस्तरका पत्रकारका पेशागत संगठनका प्रमुख एवं प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो ।

हेटाैँडा घोषणापत्र
मिति ः २०८२ जेठ १३ र १४ गते
पत्रकारीता नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकसँग जोडिएको विषय हो । प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावनामा नै राखिएको छ । सूचनाको हकलाई मौलिक हकका रुपमा स्थापित गरिएको छ । पत्रकारीता लोकतन्त्रको अभिन्न अंग हो तर पछिल्लो समय पत्रकारिता क्षेत्र आर्थिक, भौतिक र नैतिक रुपमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारीता आर्थिक रुपमा अत्यधिक संकटमा परेको छ । श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन हुन नसक्नु, श्रमजीवि पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउन नसक्नु, आर्थिक व्यवस्थापन गर्न नसक्दा सञ्चारमाध्यमहरु बन्द हुने अवस्थामा पुग्नु, पत्रकारहरुको जीवनको सुरक्षा नहुनुले पछिल्लो समय पत्रकारीता पेशा नै संकट उन्मुख बन्दै गएको संकेत गरेको छ । पत्रकार माथिको असुरक्षा दिन दिनै बढ्दै छ ।
पत्रकारको आर्थिक, भौतिक र सामाजिक सुरक्षा हुन नसक्दा पत्रकारीता क्षेत्र व्यवसायिक बन्न सक्ने अवस्थामा छैन । पत्रकारहरुले सामाजिक सुरक्षा, स्वास्थ्य विमा, विदा, नियुक्तिपत्र जस्ता रोजगारीका न्युनतम आधारहरु समेत पाउन सकेका छैनन । पेशालाई सुरक्षित, मर्यादित बनाउन र लोकतन्त्रको खम्बाका रुपमा सञ्चार क्षेत्रलाई विकास गर्न चुनौतीहरु रहेका छन । स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि तीनै तहका सरकारको ध्यान पुग्न सकेको छैन । सञ्चारमैत्री कानुन, सञ्चारसँग सम्बन्धित नीति निर्माण तथा बजेट विनियोजनमा तीनै तहका सरकारहरुले चासो दिएका छैनन ।
यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले २०८२ जेठ १३ र १४ गते हेटौडामा आयोजना गरेको बागमती प्रदेशका १३ जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरु, सदस्यहरु, बागमती प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, प्रदेश स्तरका पत्रकारका पेसागत संगठनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थ्तििमा भएको भेलाले वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर १३ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको छ ।
१. संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्दै दिगो विकास, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त, समानता र लोकतन्त्रको पक्षमा क्रियाशिल रहन यो भेला प्रतिवद्ध छ ।
२. पत्रकारको जीवन रक्षा, स्वतन्त्र रुपले काम गर्ने वातावरण निर्माण र आर्थिक सुरक्षाको ग्यारेण्टी तथा सञ्चारमाध्यमहरुको सुरक्षाका लागि सरोकारवालासँग यो भेला जोडदार माग गर्दछ ।
३.तीनवटै तहका सरकारलाई सञ्चार क्षेत्रको दिगो विकास र प्रवद्र्धन गर्न सञ्चारमैत्री नीति निर्माण गरी सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवर्धन गर्न यो भेला जोडदार माग गर्दछ ।
४.श्रमजीवि पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य विमा र दुर्घटना बिमामा समेट्ने लागायतका सामाजिक सुरक्षका कार्यक्रममा समेट्न यो भेला सम्वद्ध पक्षसँग जोडदार माग गर्दछ ।
५. स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्य क्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य रुपमा उपलब्ध गराउन र समानुपातिक रुपमा वितरण गर्ने व्यवस्था मिलाउन यो भेला जोडदार माग गर्दछ ।
६. बागमती प्रदेशका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
७. सञ्चारकर्मी र सञ्चारमाध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
८. बागमती प्रदेश स्तरमा प्रशिक्षण केन्द्र र जिल्ला स्तरमा सूचना केन्द्र, पुस्तकालय स्थापना गरि सञ्चार क्षेत्रको प्रवद्र्धनमा काम गर्न यो भेला जोडदार माग गर्दछ ।
९. सञ्चारमाध्यमहरुलाई उद्योगका रुपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै खाले संचारमाध्यमलाई वर्गिकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन यो भेला सरकारसँग माग गर्दछ ।
१०. बागमती प्रदेश संचार रजिष्टार कार्यालयमा दर्ता नभए पनि नेपाल सरकारका अन्य निकायमा बागमती प्रदेशभित्र कार्यक्षेत्र हुने गरी दर्ता गरिएका संचारमाध्यमलाई सूचिकरण गरी सेवा सुविधा उपलब्ध गराउन यो भेला माग गर्दछ ।
११. महिला र अपांगता भएका व्यक्तिहरुले संचालन गरेका स्वरोजगारमूलक संचार माध्यमहरुलाई र महिला र अपांगता भएका संचारकर्मीहरुलाई सुरक्षा, संरक्षण सहितको विशेष सुविधा र अनुदानको व्यवस्था गर्न यो भेला माग गर्दछ ।
१२. विपद र द्वन्द्वको समयमा जोखिमपूर्ण क्षेत्रमा पत्रकारीता गर्ने पत्रकारहरुलाई सुरक्षा सहितको प्रोत्साहनको व्यवस्था गर्न, खोजमुलक पत्रकारीता गर्ने पत्रकारहरुलाई लेखनवृत्तिको व्यवस्था गर्न यो भेला सरकारसँग माग गर्दछ ।
१३. मकवानपुरका ऐतिहासिक पर्यटकीय क्षेत्र मकवानपुरगढी, पर्यटकीय क्षेत्र सहिद स्मारक लगायत वाग्मती प्रदेश भित्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्न यो भेला माग गर्दछ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar