धादिङ कारागारमा  झुन्डिएको अवस्थामा थुनुवाकाे शव फेला

धादिङ कारागारमा  झुन्डिएको अवस्थामा थुनुवाकाे शव फेला

  • Kandara Samachar

  • बुधबार, जेष्ठ १५, २०८२

  • 163
    SHARES
धादिङ कारागारमा  झुन्डिएको अवस्थामा थुनुवाकाे शव फेला

 धादिङ ।

जिल्ला कारागारमा गएराती (०८२  जेठ १४ गते) एक थुनुवकाे शब झुण्डीएकाे अवस्थामा शाैचालयमा फेला गरेकाे छ ।

वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालय झण्डीएकाे अवस्थामा शब फेला परेकाे हाे । कारागार प्रशासनले आत्महत्या गरेकाे  हुनसक्ने बताएकाे छ ।

०८२ जेठ ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि धुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समयसम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले एकले अर्काको काधमा चढी झ्यालबाट हेर्दा झुण्डीएको अवस्थामा देखेको धादिङ कारगारका जेलर  राममणी मिश्रले बताउनु भयो ।

उहाँले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लागाई आत्महत्या गरेका हुन् ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका लागी धादिङ अस्पताल पठाइएको जेलर मिश्रले बताउनुभयो ।

घटनाकाे बारेमा अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar