
धादिङ ।
रातिबाट पृथ्वी राजमार्ग एक तर्फि सञ्चालन आए पनि सवारी चाप अधिक रहेको छ।
ओभरटेक गरेका सवारी साधन र हिजो विहान देखि जाम्म परेका सवारी साधनका कारण राजमार्ग अधिक चाप रहेको छ।
पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको सोप्याङ खोला माथीको पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको थियो ।
सोप्याङ खोलामा पुरानो पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै आएको छ ।
निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलको भाग धस्सिएको बताईएको छ ।
ग्याविन लगाएर अवरुद्ध सडक एक तर्फि सुचारु गरिएको हो । हिजो राति ११बजे पछि सडक एक तर्फि सुचारु भएको नागढुँगा मुग्लिन सडक आयोजनाले जनाएको छ । गल्छी बैरेनी क्षेत्रमा सवारी एकतर्फीमात्र संचालन भएकाे छ । एकतर्फी सवारीकाे ३ किलोमिटर सम्म जाम लागेकाे छ ।
सहि सूचना र जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।