चिल्ड्रेनपार्ककाे नायकमा लिडिया तामाङ निर्वाचित

चिल्ड्रेनपार्ककाे नायकमा लिडिया तामाङ निर्वाचित

  • Kandara Samachar

  • बुधबार, जेष्ठ १५, २०८२

  • 175
    SHARES
चिल्ड्रेनपार्ककाे नायकमा लिडिया तामाङ निर्वाचित

धादिङ

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिपी नगरमा रहेकाे चिल्ड्रेनपार्क  आवासीय माध्यमिक विद्यालयकाे विद्यार्थी नायक पदमा लिडिया तामाङ निर्वाचित हनुभएकाे छ ।

 चिल्ड्रेनपार्क  आवासीय माध्यमिक विद्यालयले विद्यार्थी नायक  सहनायक निर्वाचन मतगणनाकाे परिणाम  सार्वजनिक गर्दै १ सय ५९ मत ल्याएर तामाङ नायक पदमा निर्वाचित हुनुभएकाे जानकारी दिईएकाे थियाे ।

उहाँका प्रतिद्वन्द्वी प्रशंसा अधिकारीले १ सय २ मत, सम्पूर्ण राज सिं ठकुरी ८८ मत, सन्ध्या तामाङ ६५ मत,

आदित्य सिलवाल ५६ मत ल्याउनु भएकाे थियाे ।

विद्यार्थी सहनायककाे मत परिणाम अनुसार ६६ मत ल्याएर सोहन गुरुङ निर्वाचित हुनुभयो ।

उहाका प्रतिद्वन्द्वी कविता श्रेष्ठले ६५, परिधि भट्टले ४८ मत, जन तामाङले ४३ मत ल्याउनु भएकाे विद्यालयका  प्रिन्सिपल षष्टी कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

५ सय ५३ जना मतदाता रहेकाे चिल्ड्रेनपार्क आवासिय  माविमा ५ सय ३२ जनाले मतदान गरेका थिए ।

एकजना नायकका लागि ७ जना र एक जना सहनायकका लागि ३५ जना उम्मेदवार रहेकाेे प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुभयाे । जेठ ९ गते भएका मतगणना जेठ ११ गते भएकाे थियाे ।

मत परिणामपछि कार्यक्रममा निवर्तमान विद्यालय नायक संगम गुरूङ र सहनायक दिपसन सिम्खडाले ब्याच हस्तान्तरण गरी बधाई दिनुभयाे ।

यसैगरि  अवसरमा प्याब्सन धादिङले आयोजना गरेको चित्रकला प्रतियोगितामा द्वितीय हुने कक्षा ८ का आयुस बराइली, १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेकान्दो तर्फ प्रथम हने विवेक घले, आशिष तामाङ, द्वितीय हुने सुजन सिंह ठकुरी, तृतीय हुने ओसन गुरूङ र कबड्डी तर्फ प्रथम हुने जीवन श्रेष्ठ, रेजिना तामाङ र कविता तामाङलाई पनि सम्मान गरिएको थियो।

सम्मानितहरुलाई विद्यालयका अध्यक्ष बिनादमान श्रेष्ठ, प्रिन्सिपल षष्टी कुमार श्रेष्ठले सम्मानपत्र सहित सम्मानगर्नुभयाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar