
धादिङ ।
चिल्ड्रेनपार्क आवासिय माविले विद्यार्थीलाई निर्वाचन प्रकृयाकाे जानकारी दिँदै विद्यालय नायक र सहनायककाे निर्वाचन गराएकाे छ ।
निर्वाचनबाट विद्यालय नायक र सहनायककाे छनाैट गर्न विद्यालयकाे तर्फबाट चुनावकाे तयारी र प्रकृया पुरा गरेर शान्तपुर्वक निर्वाचन गराएकाे विद्यालयका प्रिन्सिपल शष्टीकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
५ सय ५३ जना मतदाता रहेकाे चिल्ड्रेनपार्क आवासिय माविमा ५ सय ३२ जनाले मतदान गरेका थिए ।
एकजना नायकका लागि ७ जना र एक जना सहनायकका लागि ३५ जना उम्मेदवार रहेकाे प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुभयाे । शुक्रबार भएकाे मत गणना आइतबार मतगणना गरि मंगलबार मत परिणाम सार्वजनिक गरिने विद्यालयले जनाएकाे छ ।
मतदाता र उम्मेदवार धेरै भएकाेले निर्वाचन बारे विद्यार्थीलाई बुझाउनका लागि पनि व्यवस्थितसंग गणना र मत परिणाम सार्वजनिक गरिने कार्यक्रम तय गरिएकाे हाे ।
यसै गरि सुनगाभा एकेडेमीमा शुक्रबार विद्यार्थीहरुको नायक र सहनायककाे निर्वाचन सम्मपन्न गरेकाे छ । निर्वाचनबाट नायकमा राजन तामङ र सहनायकमा अनुजा तामङ विजयी हुनुभएकाे छ