जिल्ला अदालतको पहिलो रेकर्ड ः दुईवर्ष नाघेका मुद्दाकाे संख्या सुन्य

जिल्ला अदालतको पहिलो रेकर्ड ः दुईवर्ष नाघेका मुद्दाकाे संख्या सुन्य

  • Kandara Samachar

  • सोमवार, जेष्ठ ६, २०८२

  • 128
    SHARES
जिल्ला अदालतको पहिलो रेकर्ड ः दुईवर्ष नाघेका मुद्दाकाे संख्या सुन्य

धादिङ ।

जिल्ला अदालत धादिङमा अहिले दुई वर्ष नाघेका मुद्दाको संख्या सुन्य भएको छ ।
सर्वोच्च अदालतले सबै जिल्ला अदालतलाई दुई वर्ष नाघेका मुद्दा फैसला गर्न बाँकी नराख्नु भन्ने जिल्ला अदालतहरुलाई दिएको निर्देशन पुरा भएपछि इतिहासको रुपमा रेकर्ड नै कायम भएको छ ।
जिल्ला अदालतको विगत ५ वर्षको तथ्यांक हेर्ने हो भने दुई वर्ष नाघेका मुद्दा कहिलेपनि सुन्य भएन । २०७७ सालमा २ थान, २०७८ सालमा ६५ थान, २०७९ सालमा १सय ३३ थान, २०८० सालमा १ सय थान, २०८१ बैशाख मसान्तमा २६ थान दुई वर्ष नाघेका मुद्दा जिल्ला अदालतमा कायम रहेकोमा ०८२ बैशाखमा आइपुग्दा दुई वर्ष नाघेका मुद्दाको संख्या सुन्य भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला अदालतका मूख्य न्यायधिस गोपाल प्रसाद वास्तोला, जिल्ला न्यायधिस मनकुमारी जिएम विकको इजलासले २ वर्ष नाघेका मुद्दा यस आर्थिकवर्षको बैशाख मसान्तसम्म हरेक महिना फैसला गर्ने गरेपछि पुराना मुद्दाहरु अदालतमा बाँकी नभएको घोषणा समेत गरिएको थियो ।
जिल्ला अदालतले ०८१ साउनमा ५ थान, भदौमा १६ थान, असोजमा १० थान, कात्तिकमा १३ थान, मंसिरमा १२ थान, पुसमा १० थान, माघमा ७ थान, फागुनमा ७ थान, चैतमा ११ थान र ०८२ बैशाखमा ५ थान गरि यस आर्थिक वर्षको बैशाख महिनासम्म ९६ थान मुद्दा दुई वर्ष नाघेका फैसला गरिएको जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१÷०८२ को बैशाख मसान्सम्म ८ सय २९ मुद्दा नयाँ दर्ता भएको थियो भने अघिल्लो आर्थिकवर्षबाट ५ सय ३२ थान मुद्दा जिम्मेवारी सरेर आएपछि १ हजार ३ सय ६१ मुद्दा रहेकोमा बैशाख मसान्तसम्म ९ सय २५ मुद्दा फैसला भएको छ । जिल्ला अदालतमा मुद्दा दर्ता हुनेसंख्या भन्दा बढी मुद्दा फैसला हुन थालेपछि अहिले बैशाख मसान्तमा ४ सय ३६ थानमात्र मुद्दा फैसला हुन बाँकी रहेको छ ।
हाल जिल्ला अदालतमा १८ महिनादेखि २ वर्षभित्रका १६ थान, १८ महिना भित्रको ४१ थान, एक वर्ष भित्रको ५३ थान र ६ महिनाभित्रको ३ सय २६ थानमुद्दामात्र फैसला हुन बाँकी रहेको पाइएको छ ।
विगतका वर्षमा जिल्ला अदालतमा मुद्दाको संख्या धेरै हुने र फैसला ढिलो हुने गुनासो आइरहेको थियो । यसवर्ष मुद्दा फैसलामा तिब्रता आएपछि मुद्दाका पक्षहरुले समेत राहत महसुस गरेको पीडित सेवाग्राहीको भनाइ छ ।
जिल्ला अदालतमा समय परिवर्तन संगै काम गर्ने शैलि पनि फेरिएको छ । लामो प्रकृयामा मुद्दा फैसला गर्दा मुद्दा जित्नेले समेत न्याय पाएको अनुभूति नगर्ने अवस्थामा अहिले मुद्दाको किनारा लगाउन प्रकृया पुरा र्ने छोटो बाटो अवलब्न गर्ने गरिएको श्रेस्तेदार भण्डारीको भनाइ छ । मुद्दाको अनुसन्धानका लागि न्यायधिसले आदेश गर्दा सबै विषय, प्रमाण, सबुत प्राप्त हुनेगरि एकै पटक आदेश गर्ने, अदालतको फाँटले तदारुकताका साथ काम गर्ने, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट अुसन्धन्दान अभियोजन लगायतका विाषयमा तदारुकता देखाउन थालेपछि पुरा मुद्दा किनारा लागेको श्रेस्तेदार भण्डारीको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar