
धादिङ ।
नीलकण्ठ नगरपालिकाले पुनः पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको सिटि हलमा आयोजित एक कार्यक्रमका बिच जिल्ला खोप समन्वय समितिले नगरपालिका प्रमुख भिम ढुंगानालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र दिएर पूणर्् खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणिकरण गरिएको थियो ।
यसअघि नीलकण्ठ नगरपालिका अन्तरगत रहेका १९ ओटा स्वास्थ्यसंस्थाहरुलाई प्रमाणपत्र वितरण गरिको थियो ।
नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाप्रमुख विष्णु रिजालले सबै स्वास्थ्य संस्थाहरुबाट खोप सुनिस्चिततनाका लागि तथ्यांक संकलन गरिएको बताउनुभयाे ।
एक जनापनि बालबालिका खाेप लगाउनलनछुटेको पाइएपछि पूर्णखोप सुनिश्चितताको लागि जिल्ला खोप समन्वय समितिमा अनुगमनका लागि आग्रह गरिएको थियो ।
नीलकण्ठा नगरपालिका खोप समन्वय मितिका अध्यक्ष भिम ढुंगानाले खोप सुनिश्चित गरिनु भएको बच्चा जन्मिनुभन्दा पहिलादेखिको खोप पाउनुपर्ने बाल अधिकार समेत सुरक्षित गर्दै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न लागि परेको बताउनुभयो ।