निगालपानीमा ८८ वर्षीयमाथी खुकुरी प्रहार

निगालपानीमा ८८ वर्षीयमाथी खुकुरी प्रहार

  • Kandara Samachar

  • शुक्रबार, बैशाख २६, २०८२

  • 121
    SHARES
निगालपानीमा ८८ वर्षीयमाथी खुकुरी प्रहार

धादिङ

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निगालपानीका वृद्ध ८८ वर्षीय  जगन्नाथ लम्वृसालमाथि बिहिबार घरमा बसेकाे बेला खुकुरी प्रहार भएको छ ।

पीडितका आफ्नै दाईको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट घाइते वृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल भर्लना गरिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयाे ।  घाईते वृद्धको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार वृद्धमाथी खुकुरी प्रहार गर्ने व्यक्ति घाइते वृद्धको आफ्नै दाईको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको वृद्धले नै काजक्रिया गर्दै आएका थिए ।

हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल गर्न समेत नसक्ने वृद्धमाथी बसिरहेकै ठाउँमा गएर एक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेको स्थानीयले बताएका छन् ।

रक्सीको नसामा रहेका काबुकाजीलाई नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar