
धादिङ ।
१९औं लोकतन्त्र दिवसको अवसरमा धादिङबेसी एमालेचाेकमा दीप प्रज्वलन गरिएको छ ।
नागरिक समाज र राजनीतिक दलकाे बलमा २०६१/६२ जनआन्दोलन सफल भएकाे दिनकाे खुसीयालीमा लाेकतन्त्र दिवसकाे रुपमा मनाउदै अाईएकाे छ । साेहि अबसरमा पुछार बजार एमाले चोकमा नागरिक समाज, पत्रकार, तथा विभिन्न सरोकारवाला पक्षहरूले दीप प्रज्वलन गरेका हुन् । संविधान सभा सदस्य गुरु बुर्लाकोटीले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरणमा सबैले भूमिका खेल्नुपर्ने बताए । `लोकतन्त्रको सुन्दरता सबैको आवाज सुन्ने र समेट्ने प्रक्रियामा रहेको छ । लाेकतन्त्रकाे कमी कमजोरीलाई सुधार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउननु पर्नेमा जाेड दिनुभयाे ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले राजनितिक दल र नागरिक समाजको ठूलो याेगदानले लोकतन्त्र ल्याउन सकिएको बताउनुभयाे। `पत्रकार पनि नागरिक समाज हो । लोकतन्त्र ल्याउन पत्रकारिताको क्षेत्रमा उल्लेखनिय योगदान गरिएको छ । हामी पनि लोकतन्त्रको पक्षधर हो, पत्रकार सँधै जनताकाे पक्षमा बाेल्ने उहाँकाे भनाई छ ।
गैर सरकारी संस्था महासंघ धादिङका कार्यवाहक अध्यक्ष तोला कुमारी पाठकले लोकतन्त्र दिवसलाई उज्यालो दिनको सुरुवातको संज्ञा दिनुभयाे । निरङ्कुशता पराजय भएको स्मरण गर्दै लोकतन्त्र दिवस मनाउँन पाउनु, नेपाली जनताको स्वतन्त्रता र आजको उपलब्धि लोकतन्त्रको उपज रहेको बताइन् ।
दीप प्रज्वलन कार्यक्रमको अवसरमा वक्ताहरूले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । उनीहरुले यो सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए।