बेनिघाटका किशाेरीहरुलाई महिनावारी स्वच्छताका लागि तालिम र स्वच्छता सामाग्री वितरण 

बेनिघाटका किशाेरीहरुलाई महिनावारी स्वच्छताका लागि तालिम र स्वच्छता सामाग्री वितरण 

  • Kandara Samachar

  • आइतवार, फाल्गुन १८, २०८१

  • 74
    SHARES
बेनिघाटका किशाेरीहरुलाई महिनावारी स्वच्छताका लागि तालिम र स्वच्छता सामाग्री वितरण 

धादिङ

किशोरीहरुका लागि  महिनावारी स्वाच्छता सम्बन्धि तालिम बेनिघाटरोराङ गाउँपालिका वडा नं ६, ८ र १० मा अवस्थित पञ्चकन्या ,कालिका राष्ट्रिय, माध्यमिक विद्यालय र गोईराङ आधारभुत  बिद्यालयमा संचालन गरिएकाे छ ।

विद्यालयमा  अध्ययनरत ३ सय ९९  जना किशोरीहरुलाई १ दिने महिनावारी स्वच्छता सम्बन्धि तालिम  दिईएकाे छ भने महिनावारी स्वछता सामाग्री सहितको टोट झोला, सोलार  लाईट , पोशाक, विद्यालय झाेला र शैक्षिक सामग्री सहयोग  गरिएको हो ।

शैक्षिक सामग्रीको अभाव तथा महिनावारी भएको समयमा विद्यालयमा स्वच्छता सामग्रीको अभावका कारणले कारण विद्यालयमा नियमिततामा  हुन समस्या भाेगिरहेका  बालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न महिनावारी स्वच्छता तथा शैक्षिक सामाग्री र पोशाक  सहयोग गरिएको प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठले बताउनु भयो ।

 महिनावारी स्वच्छताको कारण किशोरीहरुमा हुने समस्या तथा समाधानका बारेमा ज्ञानको कमि र सामग्रीको अभावबाट शारीरिक तथा मानसिक असर नपरोस् भन्नेअभिप्रायले विद्यालयसँगको समन्वयमा तालिम सहित सामाग्री सहयोग गरिएको थियाे

चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत प्रदान गरिएको स्वच्छता तथा शैक्षिक सामाग्री सहयोगले बालिकालाई विद्यालयमा नियमितता हुन  प्रेरित गर्नका साथै उनीहरूको पठनपाठनलाई थप सहज बनाउने  प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयाे ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बेनिघाटरोराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टेकनाथ सिलवाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर मगर, प्रयास नेपाल धादिङका निवर्तमान अध्यक्ष रेष्टन कडेल, चाईल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका  प्रधानाध्यापक गणेश अर्याल,कालिका माविका सहायक प्रधानाध्यापक  प्रकाश गुरुङ र पञ्चकन्या माविका प्रधानाध्यापक  कृष्ण सिलवाल, वडाध्यक्ष टेकनाथ सिलवाल लगायतले शैक्षिक सामग्रीको उपलब्धताले बालिकाको पढाइमा सहजता ल्याउने र विद्यालय प्रतिको आकर्षण बढ्ने बताउनु भएको थियो ।

“बालबालिकाले पढ्न र सिक्न चाहन्छन् तर, स्वच्छता तथा शैक्षिक सामग्रीको अभावर बिद्धुत गई रहने कारणले  पढ्न समस्याले उनीहरूको यो चाहना धेरैपटक अधुरो रहेको अवस्थामा गरिएको यो सोलार लाईट तथा शैक्षिक सामाग्री सहयोगले उनीहरूको पढाइलाई निरन्तरता दिन ठूलो सहयोग पुर्‍याउने पनि प्रधानाध्यापक तथा वडाध्यक्षले भनाइ रहेको छ  ।

 बालबालिकाको शिक्षा ,बाल अधिकार र समग्र शैक्षिक ,मानसिक र बौद्धिक विकासका लागि बालमैत्री कक्षा कोठा,व्यवस्थापन ,अभिभावक शिक्षा ,बाल विकास शिक्षक सहित १९ बिद्यालयका सबै शिक्षकलाई बालमैत्री शिक्षण सम्बन्धि तालिम , पुस्तकालय ,विज्ञान प्रयोगशाला,सिकाई केन्द्र भवन,शौचालय निर्माण ,बालक्लब गठन,परिचालन, अतिरिक्त कक्षा संचालन  लगायतका बालबालिका केन्द्रित कार्य गर्दै   आईरहेको  प्रयास नेपाल धादिङले यस अघि पनि वडा नं ६, ८, र १० का विभिन्न विद्यालयमा अध्ययनरत १ हजार १ सय ५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनुभयाे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar