
धादिङ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको मायाँ छात्राबासलाई नेशनल लाइफ इन्सुरेन्स कम्पनीले छात्राबासमा बसिरहेकाहरुका लागि भोजन सेवाको लागि सहयोग उपलब्ध गराएको छ ।
नेशनल लाइफ इन्सुरेन्स कम्पनीको ३८ औँ वार्षिकोत्सबको अबसरमा छात्राबासमा रहेका बालकहरुका लागि भोजन सेवा बापत १० हजार नगद सहितको चेक हस्तान्तरण गरिएको छ ।
इन्सुरेन्स कम्पनीको तर्फबाट धादिङबेसी शाखाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष हरी घिमिरेले चेक हस्तान्तरण गर्दै सहयोगको अबसर दिएकोमा आमाको मायाँ छात्राबासलाई धन्यवाद दिनुुभयो ।
छात्राबासमा आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरीकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, छात्राबासका अध्यक्ष डा. नवीनबन्धु पहाडीले शुभकामना व्यक्त गर्नुुभएको थियो । छात्राबासमा रहेका बालकहरुलाई भोजनसेवा उपलब्ध गराइएको थियो ।