डढेलाे नियन्त्रणका लागि हरित स्वयंसेवक परिचालन तयारी

डढेलाे नियन्त्रणका लागि हरित स्वयंसेवक परिचालन तयारी

  • Kandara Samachar

  • बुधबार, माघ ३०, २०८१

  • 216
    SHARES
डढेलाे नियन्त्रणका लागि हरित स्वयंसेवक परिचालन तयारी

धादिङ । 

डढेलाेकाे जाेखिममा रहेकाे धादिङ जिल्लामा प्रतिकार्य कार्ययोजना पारित गर्दै सबै पालिकाले हरित स्वयंसेवक परिचालन गर्ने भएकाे छ ।

डढेलाेबाट बनजंगल जाेगाउन जिल्ला विपद व्यवस्थापन समिति धादिङकाे बैठकले हिउदमा हुनसक्ने डढेलाेकाे जाेखिम कम गर्न र डढेलाे नियन्त्रण सम्बन्धि प्रतिकार्य याेजना पारित गरिएकाे छ ।

७ सय १७ सामुदायिक बन समेत गरि ५२ प्रतिशत बन क्षेत्र रहेकाे धादिङमा गतवर्ष २ सय २० हेक्टर   बनमा डढेलाे लागेकाे थियाे ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष सुमन घिमिरेकाे अध्यक्षतामा भएकाे बैठकले  वन डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१/८२ स्वीकृत गर्द स्थानीय अवस्था र आवश्यकता बमोजिम सबै नगरपालिका र गाँउपालिकाहरुले वन डढेलो तथा आगलागी नियन्त्रण कार्यान्वयन कार्ययोजना तयार गरी एक हप्ता भित्र स्वीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराउने तथा   वन डढेलो तथा आगलागी नियन्त्रण कार्यान्वयन कार्ययोजनाका आधारमा बजेट व्यवस्थापन गरी उपकरण खरिद गर्न अनुरोध गर्ने निर्णय गरेकाे छ ।

वन डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१/८२, धादिङ बमोजिम प्रतिकार्यका उपकरण खरिद गर्न जिल्ला विपद व्यवस्थापन कोषबाट पाँच लाख र प्रदेश विपद व्यवस्थापन कोषबाट दुई लाख रकम विनियोजन गर्ने निर्णय गर्दै आगलागी तथा वन डढेलोबाट हुन सक्ने संभावित घटनालाई न्युनिकरण एवम् नियन्त्रण गर्न प्रत्येक नगरपालिका र गाउँपालिकाले कम्तिमा १० जना हरित स्वयंसेवक तयार गरी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी माेहन न्याैपानेले जानकारी दिनुभयाे ।

डढेलाे नियन्त्रण विपद व्यवस्थापन प्रतिकार्य याेजना अनुसार विद्यालय तथा समुदाय तहसम्मा सचेतथा अभियान संचालन गर्ने, डढेलाे नियन्त्रण सप्ताह संचालन गर्ने, डढेलाे लगाउनेकाे सुचना दिनेलाई पुरस्कार दिने, प्रतिराेधात्मक अआगाे लगाउने लगायतका याेजना समेत बनेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar