कर्मचारी युनियन धादिङकाे अध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित

कर्मचारी युनियन धादिङकाे अध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित

  • Kandara Samachar

  • आइतवार, माघ २०, २०८१

  • 199
    SHARES
कर्मचारी युनियन धादिङकाे अध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित

धादिङ

नेपाली कांग्रेस  को शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङको नवौं जिल्ला अधिवेशन धादिङबेसीमा शनिबार सम्पन्न भएको छ।

नवौं अधिवेशनले सुजन श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

युनियन जिल्ला समिति धादिङको उपाध्यक्षमा कृष्ण प्रसाद लम्साल, लक्ष्मी  नहर्की, जीवन लामा तामाङ, सचिवमा बिष्णु प्रसाद अर्याल, सह सचिवमा प्रकाश गुरुङ, कोषाध्यक्षमा काशीराज रेग्मी, र सदस्यहरुमा बुद्धि ब बि क,  शालिक राम लम्साल,  सुवास खतिवडा, विष्णु  भट्ट,  पार्वती ढकाल सापकोटा,  रोशन आले मगर,  हरि बहादुर सुनार,  मधु धमला क्षेत्री,  खेम प्रसाद तिवारी,  गोकर्ण ब तिम्सिना, मनिषा तिवारी निर्वाचित हुनुभएकाे छ ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङका अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति तथा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो। गङ्गा जमुना गाउ पालिकाको अध्यक्ष भक्त्त लामा , प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे ,  केन्द्रीय महासचिव जनक रावल , उपमहासचिव गणेश भन्डारी,  सचिव भुपेन्द्र अधिकारी , नेपाली काँग्रेस जिल्ला  सचिव बिकास श्रेष्ठ , केन्द्रीय   सदस्यहरु दिपेन्द्र गिरी,ग्यानेन्द्र भट्ट, बिनोद अधिकारी, नगर पालिका सङ्घको सल्लाहार सरोज अधिकारी , महिला सङ्घको अध्यक्ष अ्म्बिका अधिकारी, नेपाल  निजामती कर्मचारी युनियनका नि बर्तमान केन्द्रीय  सदस्य  कृष्ण बद्री पौडेल , बालकृष्ण नेपाली , पुर्ब अध्यक्ष राममणि मिश्र  लगाएतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar