सिद्धलेकले जिल्लाले दिएको लक्ष्य भन्दा दोब्बरलाई एचपिभि खोप लगाउने तयारी

सिद्धलेकले जिल्लाले दिएको लक्ष्य भन्दा दोब्बरलाई एचपिभि खोप लगाउने तयारी

  • Kandara Samachar

  • मङ्लबार, माघ १५, २०८१

  • 104
    SHARES
सिद्धलेकले जिल्लाले दिएको लक्ष्य भन्दा दोब्बरलाई एचपिभि खोप लगाउने तयारी

धादिङ

पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभि खोप सिद्धलेक गाउँपालिकाले जिल्लाले दिएको लक्ष्य  भन्दा दोब्बरलाई लगाउने योजना बनाएको छ ।
जनस्वास्थ्य कार्यालय धादिङले विद्यालय नगएका ३२ जना र कक्षा ६ देखि १० का ५ सय १ जनालाई खोप लगाउने तार्जेट दिएर तयारी थालेको सिद्धलेक गाउँपालिकाले आइतबार पालिका समन्वय समितिको बैठक राखेर HPV खाेपको योजना सार्वजनिक गरेको छ ।
सिद्धलेक गाउँपालिलेको १० वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिर भएकाको संख्या ८५ र कक्षा ६ देखि १० मा अध्यायनरत किशोरीको संख्या ९ सय ८३ गरि १ हजार ६८ जनालाई खोप लगाउने तथ्यांक रहेको सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकर दुवाडीले जानकारी दिनुभयो ।
सिद्धलेकमा कक्षा ६ सम्म संचालन भएका १८ विद्यालय र १० स्वास्थ्य  केन्द्रबाट माघ २२ गतेबाट नै खोप अभियान सुरु गर्ने गरि खोप अभियान गर्ने पालिकाले निर्णय गरेको छ ।
खोप समन्वय समितिको बैठकमा गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सबिता अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, वडा अध्यक्षहरु लगायतकाको सहभागिता रहेको थियो ।
जनस्वास्थ्य कार्यालय धादिङलेले सार्वजनिक गरेको तथ्यांकमा पालिकाले संकलन गरेको विवरणको संख्या मिलाएर खोप पठाउन जनस्वासथ्य कार्यालयलाई आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख दुवाडीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar