गणितका ११ सहित २४ जना निम्नमाध्यामिक शिक्षकको नियुक्ति

गणितका ११ सहित २४ जना निम्नमाध्यामिक शिक्षकको नियुक्ति

  • Kandara Samachar

  • सोमवार, माघ १४, २०८१

  • 361
    SHARES
गणितका ११ सहित २४ जना निम्नमाध्यामिक शिक्षकको नियुक्ति
 – नानु कार्कि/धादिङ
जिल्लामा दरबन्दी रहेर पनि खाली भएका ११ जना गणितका शिक्षक सहित २४ जना निम्न माध्यामिक तहका शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइले नियुक्तिपत्र दिएर कार्यक्षेत्रमा पठाएको छ ।
शिक्षक अभाव खेपी रहेका विद्यालयहरुले शिक्षकका नियुक्तिपछि सहज महसुस गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइले गणितका ११ जना, विज्ञानका ४ जना, सामाजिकका ५ जना, अंग्रेजीका ३ जना र नेपालीका १ जना शिक्षकलाई नियुक्ति दिएको हो । गल्छी गाउँपालिकामा १ जना नेपाली, सिद्धलेक, त्रिपुरासुन्दरी र नेत्रावतीडबजोङ गाउँपालिकामा १ ÷१ जना अंग्रेजी, सिद्धलेकमा २ जना विज्ञान र थाक्रे र गजुरीमा एक एक जना  विज्ञान, गल्छी, सिद्धलेक, नीलकण्ठ, गंगाजमुना र रुबभ्यिालीमा एक एक जना सामाजिक विषयका शिक्षकलाई पठाइएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल सुवेदीले बताउनुभयो । गणति विषयको ठूलदो स.ख्यामध्ये नीलकण्ठ, गंगाजमुना, बेनिघाटरोराङमा दुई दुई जना तथा सिद्धलेक, थाक्रे, खनियाबास, रुबीभ्याली, नेत्रावतीडबजोङमा एक एक जना शिक्षकलाई नियुक्ति दिइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवेदीले शिक्षकहरुलाई सपथग्रहण गराउँदै शिक्षकको शैक्षिक, सामाजिक र व्यक्तिगत भूमिका महत्वपूर्ण हुने बताउँदै नियुक्त भएका शिक्षकहरुको कामले आगामी शैक्षिक गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar