धादिङबेसीमा बागमती साहित्य महाेत्सव फागुन १६ र १७ गते हुने 

धादिङबेसीमा बागमती साहित्य महाेत्सव फागुन १६ र १७ गते हुने 

  • Kandara Samachar

  • शुक्रबार, माघ ४, २०८१

  • 116
    SHARES
धादिङबेसीमा बागमती साहित्य महाेत्सव फागुन १६ र १७ गते हुने 

धादिङ  । 

 

धादिङबेसीमा बागमती साहित्यिक महोत्सव २०८१ फागुन १६ र १७ गते हुने भएको छ ।

शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेसीमा आयोजना गर्ने निर्णय गरेको हो।

स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्न,  साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आचार्यले बताउनुभयो ।

बैठकले महोत्सवलाई सफल र भव्य रूपमा सञ्चालन गर्नका लागि कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णुप्रसाद आचार्यकाे संयाेजकत्वमा मुल संयोजन समिति गठन गरेको छ ।

संयाेजन समिति समितिको सदस्यहरूमा प्रकाश पौडेल, गायत्री खतिवडा, सिताराम अधिकारी, डा. नविन बन्धु पहाडी, देवी प्रसाद अधिकारी र लालकाजी श्रेष्ठ रहनु भएकाेछ ।

बागमती साहित्यिक महोत्सवले साहित्यका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा साथै स्थानीय समुदायका बीच सन्देश प्रवाह गर्ने, सांस्कृतिक र सामाजिक एकता प्रवद्र्धन गर्ने,पठन संस्कृतिकाे विकास गराउने,  युवा पुस्तामा साहित्यिक चेतना फैलाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको भनाइ छ ।

साहित्य र संस्कृतिको क्षेत्रलाई थप समृद्ध बनाउनका लागि यस महोत्सवले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको कर्मचारी मिलन केन्द्रले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar