धादिङकी अजिता दहाल क्रान्तिको “मनोवेग” बिमोचित

धादिङकी अजिता दहाल क्रान्तिको “मनोवेग” बिमोचित

  • Kandara Samachar

  • मङ्लबार, मंसिर १८, २०८१

  • 200
    SHARES
धादिङकी अजिता दहाल क्रान्तिको “मनोवेग” बिमोचित

प्रबिण रिजाल /काठमाडौं

लेखक, कुशल शिक्षक चथम साहित्यिक अभियानकी एक उज्ज्वाल नक्षत्र अजिता दहाल क्रान्तिको पहिलो कृति मनोवेग मुक्तक संग्रहको लोकार्पण गरिको छ ।
वरिष्ट मुक्तककार ज्ञानुवाकर पौडेलले मुक्तक संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलका विमोचन गर्दै उदयमान श्रष्ठा अजितालाई हौसला र सुझाव सहितको प्रेरण दिनुभएको छ ।
पुस्तक विमोचन कार्यक्रममा कबि समालोचक तथा लेखक प्रा.डा. देबि नेपाल, रेडियोकर्मी, तथा कलाकार रमेश पौडेल लगायतको आतिथ्य रहेको कार्यक्रममा मुक्तक मनपराउने साहित्यनुरागीहरुको सहभागिता रहेको थियो ।
सोही अबसरमा बिनु बुढाथोकीको बिनुको धड्कन मुक्तक संग्रहको विमोचन समेत गर्दै मुक्तक तथा कविता वाचन गरिएको थियो ।
अजिता दहाल क्रान्तिको पहिलो कृति मनोवेग मुक्तक संग्रहमा ८८ पृष्ठमा १ सय २८ मुक्तक र समिक्षा समेत समावेश गरिएको छ ।
मुक्तक मार्फत अजिता दहाल त्रान्तिले सबै क्षेत्रमा जागरिकता, पहिचानको अपेक्षा गरिएको छ । समयलाई समयकै कठालोमा समातेपछि लेखक समयको लेखक हुने होएउटा अठोट, संकल्प, प्रतिवद्धता र वचनवद्धतामा उभिएर लेखिएको मुक्तकले व्यहार, हाम्रो कर्णाली अनि हामीमाथी गरिने दयाको पात्रको विरुद्धमा समेत मुक्तक उकेलिएको छ ।
अजिताले जिन्दगी बदल्न आबहान गर्दै लेखिएको मुक्तकको पाण्डुलिपि हेरेर डा. नवराज लम्सालले समिक्षा गर्नुभएको छ ।
अजिता दहाल क्रान्ति धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ६ बसेरी निवासी र सोही स्थानमा शिक्षण पेशामा सम्लग्न हुनुहुन्छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar