लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानकाे सुरुवात: प्रभातफेरी र काेणसभा

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानकाे सुरुवात: प्रभातफेरी र काेणसभा

  • Kandara Samachar

  • सोमवार, मंसिर १०, २०८१

  • 46
    SHARES
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानकाे सुरुवात: प्रभातफेरी र काेणसभा

धादिङ

लैंगिक हिंसा विरद्धको १६ दिने अभियानको सुरुवातको अबसरमा नोभेम्बर १६ मा धादिङबेसीमा लैंगिक हिंसा विरुद्ध प्रभातफेरी कार्यक्रमको आयोजना गरिउको छ ।
नीलकण्ठ नगरपालिकाको सहकार्यमा इन्सेक, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ लगायतका नागरिक संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।
लैंगिक हिंसा विरुद्ध लाग्ने प्रतिवद्धता सहितको र्यालीले पुछारबजारबाट एमालेचोक, बिचबजार र सिरानबजार हुँदै नीलकण्ठ नगरपालिकाको सिटि हलमा पुगेर कोणसभामा परिणत गरिएको थियो ।
डोििमनिक गणराज्यमा भएको महिलामाथकिो ज्यादतीको विरुद्धबाट सुरु भएको अभियान संसरभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मानवअधिकार तथा महिला अधिकारका बारेमा समिक्षा, सूचना तथा शिक्षा दिँदै संचालन गर्ने गरिन्छ ।
प्रभातफेरी पछि कोणसभालाई महिलला मानवअधिकार रक्षक अधिवक्ता राधिका सापकोटाले महिलामाथी हुने हिंसा अन्त्यका लागि बैइजिङ घोषणालाई कायाृन्वयन गर्नु रहेको बताउँदै स्थानीय सरकारले नितिगत रुपमा महिला अधिकारका लागि कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले स्थानीइ सरकारले महिला अधिकार र लैंगिक हिंसा प्रभावित सहयोग कोष बनाएकोले आगामी दिनमा प्रभावकारी कायृक्रम ल्याउने बताउनुभयो । प्रभातफेरीमा नागरिक समाज, स्थानीय सरकार, जनप्रतिनिधि, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नगरप्रहरी लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar