भुमि अधिकार तथा श्रमिक संगठन धादिङको अध्यक्षमा पदम सिलवाल

भुमि अधिकार तथा श्रमिक संगठन धादिङको अध्यक्षमा पदम सिलवाल

  • नानु कार्की

  • शुक्रबार, कार्तिक ३०, २०८१

  • 105
    SHARES
भुमि अधिकार तथा श्रमिक संगठन धादिङको अध्यक्षमा पदम सिलवाल

धादिङ ।

भुमि अधिकार तथा श्रमिक संगठन धादिङकाे प्रथम जिल्ला अधिवेशनले पदम सिलवाललाई अध्यक्षमा निर्वाचित गरेकाे छ ।
धादिङबेसीमा शुक्रबार अधिवेशनले उपाध्यक्षमा रामप्रसाद जमकट्टेल, श्यामकृष्ण सुवेदी , सचिवमा देवराज पाैडेल , उपसचिवमा अञ्जुर गुरुङ र चन्द्र सिलवाल, र काेषाध्यक्षमा डम्बरबहादुर राेक्कालाई निर्वाचित गरेकाे छ ।
अधिवेशनले संगठनकाे सदस्यहरुमा निलकण्ठका इन्द्रबहादुर खाँण, कृष्ण बहादुर सुनार, तुलबहादुर परियार, ज्वालामुखीबाट अर्जुन खनाल, तुल नारायण श्रेष्ठ, बेनिघाटराेराङबाट पार्वती विसुराल, रामबहादुर परियार, थाक्रेबाट मनराज लामा, गाेकुल सुनार, त्रिपुरासुन्दरीबाट एकराज कँडेल, रामकृष्ण बसाैला, नेत्रावतीडबजाेङबाट ज्ञानु नेपाली, थुमसाङ तामाङ, गजुरीबाट चमेली राई, सीता चेपाङ, गल्छीबनट गाेपाल बिक, इन्द्रबहादुर भुजेल, धुनिबेसीबाट मुकुन्द राई, खेमनाथ लुईटेल, गंगाजमुनाबाट आकाश तामाङ, कृष्णबहादुर नेपाली निर्वाचित हुनुभएकाे छ ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लाेहनीले उद्घाटन गर्दै भुमिहिन तथा सुकुम्बासी समस्या समाधानकाे पहल एमालेले गरेकाेले टुंगाेमा पुर्याउने बताउनुभयाे ।
नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले भुमि अधिकारका लागि एमाले नै ब्राण्ड भएकाेले यसले मात्र जनताकाे लागि काम गरेकाे बताउनुभयो ।
संस्थापक अध्यक्ष बाबुराम लम्सालकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा नेकपा एमाले धादिङका उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकाेटा, संगठनका केन्द्रीय सचिव रामकुमार रायमाझी, केन्द्रीय सदस्य उद्धव रिजाल, लगायतले शुभकामना व्यक्त गर्नुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar