दशैँ :- कविता (लेखक:शर्मिला तिमल्सिना)

दशैँ :- कविता (लेखक:शर्मिला तिमल्सिना)

  • Kandara Samachar

  • शनिबार, अशोज २६, २०८१

  • 127
    SHARES
दशैँ :- कविता (लेखक:शर्मिला तिमल्सिना)

दशैँ

म स ज स त त गु

sss iis isi iis ssi ssi s
छन्द- शार्दुलविक्रीडित

दुर्गाकाे उपमा उदार बहुतै, दिन्छिन् भराेसा मुमा
श्रद्धा पूर्वक ढाेग्छु शान्त मनले,झुक्दै परी पाउमा
आएकाे छ दसैँ खुला रहरमा,खाना र नाना लिई
देवीकाे वरदान प्राप्त रहने, निष्ठा यसैमा लिई

आशीर्वाद लिने सबै घरघरै, मान्ने सबै सज्जन
आमाकाे महिमा प्रचार गरिँदा,आत्मा भयाे कञ्चन
हुन्छन् मानिस हेर भिन्न मतमा, छन् राम वा रावण
कोही राक्षसकै समान भवमा, छन् कोही नारायण

देवीकाे पदमा झुकेर म बसेँ ,गर्दै खुला कीर्तन
मास्ने राक्षस पालना अब गरून्,श्रीरामले सिर्जन
सुन्दा लाग्छ खुसी नवीन दिलमा ,देवी उदाइन् सफा
दुर्गाको अवतार वाचन हुने,भिन्नै छ यस्ताे कथा

माताकाे नजिकै बसेर म गरूँ सत्धर्मकाे पालना
आमाबाट मिलाेस् सदैव मलिलाे उल्लास सञ्चालन
सारा दुर्गुण नासिऊन् भुवनका हाेस् स्वर्ग जस्ताे घर
मान्छेमा शुभभावना अझ बढुन् ऊर्जा मिलाेस् उर्वर

दुर्गाकाे करुणा मिलेर दुनियाँ संसारमा छाैँ खुसी
आमा आसिक लाै मिलाेस् दिनदिनै मार्दै गराैँ बुर्कुसी
पर्दामा शुभ पाउमा हजुरकाे चिन्ता हरायाे सब
साह्रै ढुक्क भएँ मुमा चरणमा ढाेग्दै छु मैले अब


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar